छाला र कपालसम्बन्धी बिरामीका लागि ‘भगवान’ बनेका डाक्टर कर्ण

13 Aug 2019 Cutis-care

काठमाडौं– कपाल प्रत्यारोपण तथा सौन्दर्यताको विषयमा कुरा उठ्ने वित्तिकै डाक्टर धर्मेन्द्र कर्णको नाम धेरैले लिन्छन् । धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.कर्णले लामो सयमदेखि छाला र कपालसम्बन्धी समस्याका भोगेका हजारौं बिरामीलाई खुसी दिएका छन् । छाला तथा कपाल सम्बन्धी समस्याबाट चिन्तित बनेका हजारौं बिरामीलाई खुसी दिने डा.कर्णको विगत र चिकित्सा शिक्षाको यात्रा भने त्यति सहज थिएन । विभिन्न समस्या, अभाव र संघर्षबाट नै डा.कर्ण आज चर्चित चिकित्सकको रुपमा परिचित छन् ।

घर छाडेर होस्टेलको बसाई

सिराहामा जन्मिएका डा.कर्णले ३ कक्षासम्म श्री प्राथमिक विद्यालय गलडीगोठमा अध्ययन गरे । सो विद्यायमा ३ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । त्यसैले उनी ४ कक्षा पढ्न ३ किलोमिटर टाढाको विद्यालयमा भर्ना भए । टाडाको विद्यालय खोला पार गरेर जानुपर्ने भएपछि उनी ५ कक्षादेखि जनकपुर गए । जनकपुरको कन्टिरझा माध्यमिक विद्यालयमा पढ्न शुरु गरे । घरबाट अलि टाढा पुगेपछि उनलाई होस्टल बस्नुपर्ने बाध्यता बन्यो । होस्टल बसेरै मेहनतले पर्दा उनले २०४४ सालमा पहिलो श्रेणीमा एसएलसी पास गरे ।

स्कुल बिदा पर्खँदाको क्षण

डाक्टर कर्ण होस्टेलमा बसेर पढ्दा उनलाई घरपरिवारको खुबै याद आउथ्यो । तर स्कुल बिदा भएको समयमा मात्रै उनी घर जान पाउथें । त्यसैले घर जानकै लागि कर्ण स्कुल बिदा हुने दिन गनेर बस्थे ।

‘होस्टेल बस्दा चिउरा र चिनी खाजा खानुपथ्र्यो, मलाई आमाको धेरै याद आउँथ्यो,’ कर्णले भने, ‘वर्खा बिदा र दशैं नआइ घर जान पाइदैन थियो, त्यसैले म स्कुल बिदा हुने दिन कुरेर बस्थें ।’

स्कुल बिदामा घर जाँदा कर्णलाई फुटबल र पौडिखेल्न खुबै मनपथ्र्यों । वर्खाको समयमा बाढी आउने भएकाले कर्णको घरपरिवारमा सबैलाई पौडन आउथ्यों । खोला र पोखरीमा ५ घण्टासम्म पौडी खेलेर गगटा मारेको क्षण उनको मानसपटलमा अझै ताजै छ।

‘गर्मीमहिनामा ५ घण्टासम्म पनि पौडी खेलिन्थ्यो, त्यो बेलामा सरसफाइको विषयमा खासै ख्याल हुँदैन थियो, फोहोर पानीमा खेल्दा आँखा पनि पाक्थ्यो,’ कर्णले हाँस्दै बाल्यकालको घटना सुनाए, ‘बाल्यकालको बेलामा त खोलामा बाढी आउँदा पनि रमाइलो लाग्थ्यो, घरआँगनमै पौडी खेल्न पाइन्छ भनेर । गगटा, माछा समातेर अचार बनाएर खाइन्थ्यो । त्यो बेला निकै रमाइलो हुन्थ्यो । अहिले बाढी आउँदा डर लाग्छ ।’

डाक्टरी बन्ने योजनासहित काठमाडौं यात्रा

कर्णका बाबु त्यतिबेला जिल्ला शिक्षा कार्यालय काठमाडौंमा विद्यालय निरीक्षकको रुपमा कार्यरत थिए । कर्णले एसएसली पास गर्दासम्म भविष्यमा के बन्ने र एसएलसी पछि के पढ्ने भनेर सोचेका थिएनन् । तर कर्णलाई उनका बाबुले डाक्टर बनाउने सपना बुनेका थिए । बाबुको डाक्टर बनाउने सपना पुरा गर्न कर्ण २०४४ सालमा पहिलोपटक काठमाडौं आए ।

तराईमा जन्मिएर सिराहा र जनकपुरमा बाल्यकाल बिताएका कर्ण पहिलोपटक काठमाडौं आएका थिए । हिमाल, पहाड र तराई गरी नेपाल तीन प्रकारको भौगोलिक बनावट रहेको देश हो भनेर किताबमा मात्रै पढेका कर्णले काठमाडौं आउने भएपछि पहिलो पटक पहाड देख्न पाए ।

बाबु र काकासँग पहिलोपटक रात्रीबसमा काठमाडौं आउँदा पहाड हेर्न रातभरी नसुतेको उनलाई अझै सम्झना छ ।

‘तराईमा जन्मिएको हुर्किएको थिएँ । पहाड डाँडाकाँडा हुन्छ भनेर किताबमा मात्रै पढेको थिए । काकाले दुईदिन अघिदेखि नै काठमाडौंको बारेमा धेरै कुरा गर्नुभएको थियो,’ डाक्टर कर्णले पहिलो पटक काठमाडौं आएको दिन सम्झिए, ‘नाइट बसमा पहिलोपटक काठमाडौं आउँदा बसमा सबैजना निदाउँनुभयो । म भने राति पनि पहाड कस्तो हुने रहेछ भनेर झ्यालबाट हेरिरहे ।’

५ रुपैयाँले घुमेको काठमाडौं

२०४४ सालमा काठमाडौं अहिलेको जस्तो थिएन । तराईको गर्मीमा बसेका कर्णलाई काठमाडौं साउन महिनामा पनि जाडो महसुस भयो । बाबु जिल्ला शिक्षा कार्यलयमा कार्यरत थिए । फुर्सदको समयमा काठमाडौं घुम्न कर्णलाई बाबुले हरेक दिन पाँच रुपैयाँ दिन्थे । ५ रुपैयाँले कर्णलाई दिनभरी काठमाडौं घुम्न र खान मज्जाले पुग्थ्यो ।

‘त्येतिबेला पनि काठमाडौंमा टेम्पो चल्थ्यो, बुबाले घुम्नलाई ५ रुपैयाँ दिनुहुन्थ्यो, ५० देखि ७५ पैसाले बसभाडा पुग्थ्यो, पाँच रुपैयाँमा घुम्न खान सबै कुरा पुग्थ्यो, अहिले त पाँच हजारले पनि पुग्दैन,’ उनले सुनाए ।

२०४६ सालमा हेल्थ असिस्टेन्ट

डा.कर्णले २०४६ सालमा महाराजगञ्जमा रहेको इन्टिच्युट अर्फ हेल्थ साइन्स (त्रिवि शिक्षण अस्पताल) मा हेल्थ असिस्टेन्टको कोर्ष पढ्न थाले । २०४६ सालमा नेपालमा जनआन्दोलनको समय थियो । त्यसैले पढाइ र परीक्षा पनि ढिला भयो । उनले २०४९ सालमा हेल्थ असिस्टेन्टको कोर्ष पुरा गरे ।

कर्णलाई एमबीबीएस पढ्ने रहर थियो तर उनले आइएससी नपढेर हेल्थ असिस्टेन्ट पढेका थिए । हेल्थ असिस्टेन्ट पढेकाहरुले ५ वर्ष हेल्थ असिस्टेन्ट भएर ग्रामीण क्षेत्रमा काम गरेपछि मात्रै एमबीबीएस पढ्न पाउँथे । कर्ण ग्रामीण क्षेत्रमा काम गर्न नगइ आइएससी पढ्न भारत गए । घरबाट नजिकै हुने भएकाले उनले भारतको जयनगरमा आइएससी पढे ।

भारतमा २ वर्षमा आइएसी पढेर कर्ण फेरि काठमाडौं आए । काठमाडौं आएर उनले एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षाको तयारी गर्न थाले । त्येतिबेला कर्णले बिजुली बजारमा रहेको इन्टिच्युट अफ कम्युनिटीमा सिएमए पढ्ने विद्यार्थीलाई पढाउन थाले ।

सन् १०९५ मा एमबीबीएसका लागि प्रवेश परीक्षा दिए तर पढ्नका लागि नाम निस्किएन ।

उनले एमबीबीएस पढ्नकै लागि अर्को पटक पनि प्रवेश परीक्षाको तयारी गरे । प्रवेश परीक्षाको तयारी गर्दैगर्दा उनलाई सिएमए पढाउँने कलेजबाट क्यानडा जाने अवसर आयो । कर्णले क्यानडा जाने र उतै एमबीबीएस पढ्ने योजना बनाएर नेपालमा प्रवेश परीक्षा नै नदिइ क्यानडा गए ।

क्यानडा पुगेपछि कर्णलाई त्यहि रहेका डा.सुर्य बस्नेतले क्यानडामा एमबीबीएस पढ्न निकै महंगो भएको बताए । बस्नेतले कर्णलाई सम्झाएपछि उनी नेपाल फर्किए ।

नेपाल फर्किपछि २०५३ सालमा पोखरामा एमबीबीएसको अध्ययन शुरु हुने भयो । उनले शिक्षा मन्त्रालय माफर्त प्रवेश परीक्षा पास गरी एमबीबीएस अध्ययन शुरु गरे । एमबीबीएस पढ्दै गर्दा कर्णले बिहे पनि गरे । एमबीबीएसको अन्तिम वर्षको पढाइ सकिदै गर्दा उनकी छोरी जन्मिइन ।

आम्दाले बदलेको जीवन

कर्णले काठमाडौंको बीर अस्पतालमा इन्टनसीप गरे । इन्टनसीप सकेपछि कर्ण झापाको दमकमा रहेको आम्दा अस्पिटलमा मेडिकल अफिसरको रुपमा काम गर्न थाले । त्यहाँ उनले चिकित्सा शिक्षा अध्ययन पछिको अभ्यास र अनुभव राम्रोसँग लिन पाए । त्यहीको कार्यअनुभवले उनलाई भविष्यको बाटो पहिचान गर्न सक्षम पनि बनायो ।

उनले भने, ‘आम्दा अस्पतालमा काम गरेपछि नै मैले मेडिकल पेसाको व्यस्तता बुझे, त्यहाको कार्यअनुभवले मलाई आफ्नो बाटो रोज्न सहयोग गर्‍यो ।’

त्यतिबेला नेपालमा छालारोग विशेषज्ञ निकै कम थिए । छालारोगको विषयमा उनले नेपालको अवस्था र सम्भाव्यताका विषयमा बुझे । आफूले डर्माजोलोजी (छालारोग) को विषयमा एमडी गर्ने सोच बनाएर कर्ण झापा छाडेर काठमाडौं आए । उनले नेपाल मेडिकल काउन्सिल र अन्य साथीहरुसँग पनि बुझे ।

कर्ण सन् २००३ मा काभ्रेमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्समा पढाउन थाले । आफैले पढाएको ठाउँबाट कर्णलाई एमडी पढ्न बिदेश जाने अवसर आयो । त्यसपछि सन् २००४ मा कर्ण डर्माटोलोजी पढ्न भारत जाने योजना बनाए ।

एमडी पढ्दाको दुःख र अभाव

डा.कर्णले डर्माटोलोजी पढ्ने योजना बनाउँदै गर्दा उनका बाबु र आफन्त भने अचम्ममा परे ।

प्रायः सबै मेडिकल विद्यार्थीको रोजाई गाइनोलोजी, सर्जरी, फिजिसियन लगायतका विषय हुन्थ्यो । तर डा. कर्णले डर्माटोलोजी पढ्ने भन्दा उनका बाबुले चित्त समेत दुखाए । डा.कर्ण भने आफ्नो परिवार सहित सन् २००४ मा एमडी पढ्न भारत गए । त्यतिबेला डा.कर्णका एक छोरी र एक छोरा थिए ।

भारतमा एमडीको अध्ययनका क्रममा डा.कर्णले आर्थिक अभाव पनि भोग्नुपर्‍यो । विवाह गरिसकेका जवान छोरा घर बाहिर परिवारसँगै बस्ने भएपछि बाबुआमासँग खर्च माग्न अप्ठारो पथ्र्यो उनलाई । आर्थिक अभाव हुँदा पनि उनले कहिल्यै आमाबुबालाई आफु समस्यामा परेको सुनाउन सकेनन् ।

एमडी पढ्दैगर्दा पाएको दुःख सुनाउँदै उनले भने, ‘छोरा बिरामी हुँदा उपचार गर्ने पैसा नभएर साथीसँग ऋण काड्नु परेको थियो । त्यो बेला मलाई निकै दुःख थियो,’ उनले पीडा सुनाउँदा उनका आँखा रसाएका देखिन्थे ।

‘म शिक्षित र सम्पन्न परिवारमा जन्मिएपनि बाबुसँग पैसा माग्न सक्दिनथे, त्यसैले मेरो जीवन सधै साधारण नै भयो । दुईजना छोरा, छोरी र पत्नि सहित एमडी पढ्न भारतमा बस्दा निकै समस्या भोग्नुपर्‍यो,’ कर्णले एमडी पढ्दा भोग्नुपरेको अभाव सम्झिए, ‘महिनामा पाँच हजार आइसी आउथ्यों, पैसा आउने वित्तिकै म पहिला रासन किन्न जान्थें । पढाइ, परिवार सबै धान्न मुस्किल पथ्र्यो । मलाई आफु आफै सस्टेन हुन निकै गाह्रो भएको थियो । तर मेरो पत्नी र छोराछोरीले मसँग धेरै कुराको माग नै गरेनन् ।’

२००७ मा एमडी सक्किएपछि उनी काठमाडौं विश्व विद्यालय अन्तरगर्तको धुलिखेल अस्पतालमा नै डर्माटोलोजी (छालारोग विशेषज्ञ) को रुपमा काम शुरु गरे । १२ वर्षको अवधिमा डा.कर्णले धुलिखेल अस्पतालमा हजारौं बिरामीको छाला रोगको समस्या निको बनाइसकेका छन् ।

डा कर्णले धुलिखेल अस्पतालमा कस्मेटी सर्जरी, लेजर, कपाल प्रत्यारोपण लगायका छाला रोग तथा सौन्दर्यको विषयमा धेरै काम गरेका छन् ।

नेता, कलाकारदेखि सामान्य नागरिकको सौन्दर्यता

डाक्टर कर्णले छालारोगका बिरामीको उपचारसँगै विभिन्न कारणले कपाल झरेर तालु खुइलिएका ४ हजारभन्दा बढी व्यक्तिको कपाल प्रत्यारोपण गरेका छन् । नेपालका उच्च नेतृत्वमा रहेको व्यक्ति, कलाकार, पत्रकारसहित सामान्य नागरिकहरुले छालासम्बन्धी समस्या र कपाल प्रत्यारोपणका लागि डा.कर्णलाई नै सम्झन्छन् ।

डा.कर्णले धेरै भीआईपी, भीभीआईपी, सांसद, कलाकारहरुको कस्मेटिक सर्जरी, लेजर तथा कपाल प्रत्यारोपण गरिसकेका छन् ।

‘मसँग कपाल प्रत्यारोपण, कस्मेटी सर्जरी तथा लेजर गर्नका लागि नेपालका मन्त्री, सांसद, नेताहरु, कलाकार, पत्रकारहरु धेरै नै आउनुहुन्छ,’ डा.कर्णले भने, ‘मैले सामान्य नागरिकदेखि भीआईपी र भीभीआईप्ी नेता तथा सेलिब्रेटी कलाकारलाई सेवा दिएको छु । उहाँहरु मलाई खोज्दै आउँदा खुसी लाग्छ ।’

News Article published at Khabarhub on 10 August, 2019. Article by Rita Lamsal

Search

+