• FAQ
  • Request an Appointment
Emergency Number: 01-4486200
HealthFlex
×
  • Home
  • About Cutis Care
  • Our Services
  • Clinical Training
    • Curriculum of Advanced Dermatosurgery
    • Curriculum of Lasers
    • Curriculum of Medical Peels
  • Blog
  • Contact

रङबाट छालालाई जोगाउन के गर्नुपर्छ ? डाक्टर यसो भन्छन्

रङबाट छालालाई जोगाउन के गर्नुपर्छ ? डाक्टर यसो भन्छन्
March 8, 2020adminCutis-care

होली खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ। हर्बल रङले छालालाई नोक्सान गर्दैन। छालाको रोग भएकाले होली खेल्दा विशेष ध्यान पुर्‍याउनुपर्छ। छालालाई रङको प्रभावबाट बचाउन सनस्क्रिन वा भिटामिन ‘ई’युक्त क्रिम अथवा म्वइस्चराइजर लगाउनुपर्छ। यसो गर्नाले छालामा रासायनिक प्रभाव कम हुने हुन्छ।

होलीमा छालालाई रङको प्रभावबाट जोगाउन शरीर ढाक्ने गरी पहिरन लगाउनुपर्छ। हात र नङलाई रङबाट बचाउन क्रिम वा म्वइस्चराइजर लगाउनुपर्छ। म्वइस्चराइजरले छालालाई सुक्खा हुनबाट जोगाउँछ र छालामा लागेको रङ छिट्टै जान्छ।

जतिबेला अहिले जस्तो व्यावसायिक रूपमा रङ उपलब्ध हुन्थेनन्, त्यतिबेला होलीमा पानको पातबाट, गुलाबपत्र, सयपत्री, पालुंगो, बेसार, मेहदी आदिबाट तयार पारिने प्राकृतिक रङ एकापसमा दलेर होली मनाइने गरिन्थ्यो।

होली रङको पर्व हो। यो दिन विभिन्न किसिमका रङ एकापसमा दलेर रमाइलो गर्ने गरिन्छ। तर, आफ्नो छालाको अवस्था र रङमा प्रयोग भएको रसायनबारे जानकारी नहुँदा होलीलगत्तै छालामा विभिन्न समस्या लिएर उपचार गर्न आउनेहरू थुप्रै छन्। होलीमा रङ खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।

कालो रङमा लिड अक्साइड, हरियोमा नीलो तुथो कपर सल्फेट, सिल्भर रङमा अल्मुनियम ब्रोमाइड, नीलोमा कोबाल्ट जिंक, रातो रङमा पारो (मर्करी) तथा अब्रकको धुलो मिसाइएको हुन्छ। यी तŒवले हाम्रो छालामा असर गर्छन्। सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुने खतरा हुन्छ। कालो रङले किड्नीमा असर गर्छ।

हरियो रङले आँखाको एलर्जी, अनुहार सुनिने र अस्थायी अन्धोपन ल्याउने खतरा हुन्छ। सिल्भर कलरले छालाको क्यान्सरको जोखिम हुन्छ। नीलो रङले एलर्जी र रातोले स्किन क्यान्सरको खतरा रहन्छ।

रङलाई लेदो बनाएर, पाउडरका रूपमा पानीमा घोल बनाएर प्रयोग गर्ने गरिन्छ। रङले छालामा प्रयत्क्ष तथा अप्रत्यक्ष रूपमा असर गर्छ।

प्रत्यक्ष रूपमा गर्ने असर

रङमा रसायन मिसिइने भएकाले छालामा दलेपछि यसबाट धेरैलाई एलर्जी हुन्छ। जसको छालामा पटक–पटक एलर्जी हुन्छ, सुक्खा छ, घाउखटिरा छ भने रङ दल्दा यो अझै बढेर जान्छ। रंङका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखापर्छ। एक्जिमाको रूपमा पनि देखापर्न सक्छ। कसै–कसैलाई रङका कारण रुघाखोकी लाग्ने पनि हुन्छ।

अप्रत्यक्ष रूपमा गर्ने असर 

छालामा रङ दलेपछि यसलाई हटाउन विभिन्न किसिमका साबुन, फेसवास प्रयोग गरेर रगड्दा छालाको माथिल्लो भाग खुइलिन्छ। त्यसपछि छालाको संक्रमण हुने खतरा हुन्छ। छाला पोल्ने, दाग बस्ने समस्या हुन्छ। डन्डीफोर, छालाको एलर्जी भएकाहरूलाई रङले अझै धेरै दुःख दिन्छ। कपालमा रङ लगाउँदा पछि कपाल झर्ने समस्या देखापर्छ। नङको कापमा रङ पर्दा नङ पाक्ने समस्या देखापर्छ। रङका कारण आँखा तथा कानको एलर्जी हुन्छ। घाउखटिरा छ भने एलर्जी हुने सम्भावना अझै बढ्छ।

होली खेल्नुअघि

आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङको एलर्जी पनि छैन भने होलीमा रङ दलेर रमाइलो गर्न सकिन्छ। होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ। हातखुट्टामा भ्यासलिन लगाए बेस हुन्छ। पूरै शरीर ढाक्ने गरी खुकुलो कपडा लगाउनुपर्छ। शरीरमा तेल लगाएपछि रङ दल्दा त्यसले छालालाई खासै असर पुर्‍याउँदैन। होलीको दिनमा पनि बिहान शरीरमा तेल, अनुहारमा सनस्क्रिन तथा म्वइस्चराइजर लगाएर होली खेल्न निस्कनुपर्छ। सकेसम्म कम रसायन मिसिएको रङ छनोट गर्नुपर्छ।

होली खेलेपछि 

एक वा दुई घण्टा होली खेलेर नुहाउनुपर्छ। नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ। नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ। रङ खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ। होली खेलिसकेपछि शरीरमा लागेको रङ हटाउन र छाला सफा गर्न नुहाउनु एक घण्टाअघि शरीरमा बेसन लगाउने।

नुहाउँदा रङ लागेको छालाको भागमा भिजेको बेसनलाई राम्ररी दल्ने। त्यसपछि केही समय राखी सुक्न दिने र सुकेपछि सफा पानीले पखाल्ने। यसले शरीरमा लागेको रङलाई हटाउ मद्दत गर्छ। फेसवासले अनुहार धुने। अनुहार सफा गरेपछि म्वइस्चराइजर लगाउने। रङको सबैभन्दा बढी प्रभाव हातमा पर्ने हुन्छ। हातबाट रङ सफा गरिसकेपछि भिटामिन ‘ई’ युक्त क्रिमले मसाज गर्ने। जसले हातलाई मुलायम, कोमल र स्वस्थ बनाउँछ।

Recent Posts

  • ‘डिस्‍इन्फेक्सन स्प्रे’ ले कोरोनाबाट जोगाउँदैन, छाला र श्वासप्रश्‍वासको संक्रमण गराउँछ : चिकित्सक
  • रङबाट छालालाई जोगाउन के गर्नुपर्छ ? डाक्टर यसो भन्छन्
  • होली स्वास्थ्यको पनि ख्याल राखौं
  • छालामा होलीको रङहरुले कसरी प्रभाव पार्छ
  • हानिकारक रङबाट छाला बचाउने सौन्दर्य विशेषज्ञ डा‍. कर्णको सुझाव

Calendar

January 2021
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« May    

01-4486200

[email protected]

Mid-Baneshwor, Kathmandu, Nepal

Quick Links

  • Home
  • About Cutis Care
  • Our Services
  • Clinical Training
    • Curriculum of Advanced Dermatosurgery
    • Curriculum of Lasers
    • Curriculum of Medical Peels
  • Blog
  • Contact
Copyright ©2020 all rights reserved
Designed by Goldenmud Creation