कपाल प्रत्यारोपन पछि दश वर्ष उमेर घटेको अनुभव : पहिले अङ्कल अहिले दार्इ

हाल म ४४ वर्षको भए । ३० वर्षको उमेर देखि कपाल झर्न थाले पछि म ३४ वर्षको उमेरमा पुरै तालु भए । म व्यापार गर्ने व्यक्ति हुँ तर, कपाल नहुँदा मलाई काममा धेरैनै आत्मविश्वास गुमाए । आफु भन्दा केही उमेर कान्छो मान्छेले अझ अङ्कल भन्दा त झनै अफ्ठ्यारो स्थिति हुन्थ्यो । रिस पनि उठ्थ्यो , तर केही गर्न नमिल्ने ।
कपाल प्रत्यारोपणको बारेमा मैले धेरै अघि देखि सुनेको थिए र गराउन एकदम आतुर थिएँ । व्यापारको क्रममा म धेरै पटक भारत र थाइल्यान्ड जाँदा, प्रत्यारोपणको बारेमा जानकारी लिएँ । तर, मलाई उनिहरुको दक्षता माथि विश्वास लागेन । मैले उहाँहरुले गरेको बिरामीलाई भेट्दा म सन्तुष्ट भइृन । अझ फलोअपमा जानुपर्ने झन्झट । ओहो !
स्वदेशमै कपाल प्रत्यारोपणको बारेमा सुने पछि म धेरै उत्सुक भएँ । डाक्टर धर्मेन्द्र कर्णको बारेमा मैले धेरै अघि देखि सुनेको थिएँ । उहाँलाई बानेश्वर क्युटिस केयर (Cutis Care)मा भेटेँ र संयोगवस मैले उहाँले गर्नुभएको कपाल प्रत्यारोपणको बिरामीलाई भेटेँ । म अत्यन्त सन्तुष्ट भएँ । मैले २०७३ मंसिरमा कपाल प्रत्यारोपण गराएँ ।
आज प्रत्यारोपणको डेढ वर्ष पछि मैले तालुमा कपाल फेको छ । मैले आशा गरेको भन्दा धेरैनै बाक्लो कपाल मैले पाएँ । म धेरैनै खुसी छु । मलाई अङ्कल भन्ने व्यक्तिले आजकाल दाई भन्न थालेको छन् । मैले साच्चैनै १० वर्ष उमेर घटेको महशुस गरेको छु । कपाल प्रत्यारोपण गराउन अगाडि म एकपटक डाक्टर धर्मेन्द्रलाई भेट्न सबैलाई सुझाव दिन्छु ।
प्रत्यारोपण गराउनु भएको व्यक्तिको अनुभव