छाला र कपालसम्बन्धी बिरामीका लागि ‘भगवान’ बनेका डाक्टर कर्ण

13 Aug 2019 Cutis-care

काठमाडौं– कपाल प्रत्यारोपण तथा सौन्दर्यताको विषयमा कुरा उठ्ने वित्तिकै डाक्टर धर्मेन्द्र कर्णको नाम धेरैले लिन्छन् । धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.कर्णले लामो सयमदेखि छाला र कपालसम्बन्धी समस्याका भोगेका हजारौं बिरामीलाई खुसी दिएका छन् । छाला तथा कपाल सम्बन्धी समस्याबाट चिन्तित बनेका हजारौं बिरामीलाई खुसी दिने डा.कर्णको विगत र चिकित्सा शिक्षाको यात्रा भने त्यति सहज थिएन । विभिन्न समस्या, अभाव र संघर्षबाट नै डा.कर्ण आज चर्चित चिकित्सकको रुपमा परिचित छन् ।

घर छाडेर होस्टेलको बसाई

सिराहामा जन्मिएका डा.कर्णले ३ कक्षासम्म श्री प्राथमिक विद्यालय गलडीगोठमा अध्ययन गरे । सो विद्यायमा ३ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । त्यसैले उनी ४ कक्षा पढ्न ३ किलोमिटर टाढाको विद्यालयमा भर्ना भए । टाडाको विद्यालय खोला पार गरेर जानुपर्ने भएपछि उनी ५ कक्षादेखि जनकपुर गए । जनकपुरको कन्टिरझा माध्यमिक विद्यालयमा पढ्न शुरु गरे । घरबाट अलि टाढा पुगेपछि उनलाई होस्टल बस्नुपर्ने बाध्यता बन्यो । होस्टल बसेरै मेहनतले पर्दा उनले २०४४ सालमा पहिलो श्रेणीमा एसएलसी पास गरे ।

स्कुल बिदा पर्खँदाको क्षण

डाक्टर कर्ण होस्टेलमा बसेर पढ्दा उनलाई घरपरिवारको खुबै याद आउथ्यो । तर स्कुल बिदा भएको समयमा मात्रै उनी घर जान पाउथें । त्यसैले घर जानकै लागि कर्ण स्कुल बिदा हुने दिन गनेर बस्थे ।

‘होस्टेल बस्दा चिउरा र चिनी खाजा खानुपथ्र्यो, मलाई आमाको धेरै याद आउँथ्यो,’ कर्णले भने, ‘वर्खा बिदा र दशैं नआइ घर जान पाइदैन थियो, त्यसैले म स्कुल बिदा हुने दिन कुरेर बस्थें ।’

स्कुल बिदामा घर जाँदा कर्णलाई फुटबल र पौडिखेल्न खुबै मनपथ्र्यों । वर्खाको समयमा बाढी आउने भएकाले कर्णको घरपरिवारमा सबैलाई पौडन आउथ्यों । खोला र पोखरीमा ५ घण्टासम्म पौडी खेलेर गगटा मारेको क्षण उनको मानसपटलमा अझै ताजै छ।

‘गर्मीमहिनामा ५ घण्टासम्म पनि पौडी खेलिन्थ्यो, त्यो बेलामा सरसफाइको विषयमा खासै ख्याल हुँदैन थियो, फोहोर पानीमा खेल्दा आँखा पनि पाक्थ्यो,’ कर्णले हाँस्दै बाल्यकालको घटना सुनाए, ‘बाल्यकालको बेलामा त खोलामा बाढी आउँदा पनि रमाइलो लाग्थ्यो, घरआँगनमै पौडी खेल्न पाइन्छ भनेर । गगटा, माछा समातेर अचार बनाएर खाइन्थ्यो । त्यो बेला निकै रमाइलो हुन्थ्यो । अहिले बाढी आउँदा डर लाग्छ ।’

डाक्टरी बन्ने योजनासहित काठमाडौं यात्रा

कर्णका बाबु त्यतिबेला जिल्ला शिक्षा कार्यालय काठमाडौंमा विद्यालय निरीक्षकको रुपमा कार्यरत थिए । कर्णले एसएसली पास गर्दासम्म भविष्यमा के बन्ने र एसएलसी पछि के पढ्ने भनेर सोचेका थिएनन् । तर कर्णलाई उनका बाबुले डाक्टर बनाउने सपना बुनेका थिए । बाबुको डाक्टर बनाउने सपना पुरा गर्न कर्ण २०४४ सालमा पहिलोपटक काठमाडौं आए ।

तराईमा जन्मिएर सिराहा र जनकपुरमा बाल्यकाल बिताएका कर्ण पहिलोपटक काठमाडौं आएका थिए । हिमाल, पहाड र तराई गरी नेपाल तीन प्रकारको भौगोलिक बनावट रहेको देश हो भनेर किताबमा मात्रै पढेका कर्णले काठमाडौं आउने भएपछि पहिलो पटक पहाड देख्न पाए ।

बाबु र काकासँग पहिलोपटक रात्रीबसमा काठमाडौं आउँदा पहाड हेर्न रातभरी नसुतेको उनलाई अझै सम्झना छ ।

‘तराईमा जन्मिएको हुर्किएको थिएँ । पहाड डाँडाकाँडा हुन्छ भनेर किताबमा मात्रै पढेको थिए । काकाले दुईदिन अघिदेखि नै काठमाडौंको बारेमा धेरै कुरा गर्नुभएको थियो,’ डाक्टर कर्णले पहिलो पटक काठमाडौं आएको दिन सम्झिए, ‘नाइट बसमा पहिलोपटक काठमाडौं आउँदा बसमा सबैजना निदाउँनुभयो । म भने राति पनि पहाड कस्तो हुने रहेछ भनेर झ्यालबाट हेरिरहे ।’

५ रुपैयाँले घुमेको काठमाडौं

२०४४ सालमा काठमाडौं अहिलेको जस्तो थिएन । तराईको गर्मीमा बसेका कर्णलाई काठमाडौं साउन महिनामा पनि जाडो महसुस भयो । बाबु जिल्ला शिक्षा कार्यलयमा कार्यरत थिए । फुर्सदको समयमा काठमाडौं घुम्न कर्णलाई बाबुले हरेक दिन पाँच रुपैयाँ दिन्थे । ५ रुपैयाँले कर्णलाई दिनभरी काठमाडौं घुम्न र खान मज्जाले पुग्थ्यो ।

‘त्येतिबेला पनि काठमाडौंमा टेम्पो चल्थ्यो, बुबाले घुम्नलाई ५ रुपैयाँ दिनुहुन्थ्यो, ५० देखि ७५ पैसाले बसभाडा पुग्थ्यो, पाँच रुपैयाँमा घुम्न खान सबै कुरा पुग्थ्यो, अहिले त पाँच हजारले पनि पुग्दैन,’ उनले सुनाए ।

२०४६ सालमा हेल्थ असिस्टेन्ट

डा.कर्णले २०४६ सालमा महाराजगञ्जमा रहेको इन्टिच्युट अर्फ हेल्थ साइन्स (त्रिवि शिक्षण अस्पताल) मा हेल्थ असिस्टेन्टको कोर्ष पढ्न थाले । २०४६ सालमा नेपालमा जनआन्दोलनको समय थियो । त्यसैले पढाइ र परीक्षा पनि ढिला भयो । उनले २०४९ सालमा हेल्थ असिस्टेन्टको कोर्ष पुरा गरे ।

कर्णलाई एमबीबीएस पढ्ने रहर थियो तर उनले आइएससी नपढेर हेल्थ असिस्टेन्ट पढेका थिए । हेल्थ असिस्टेन्ट पढेकाहरुले ५ वर्ष हेल्थ असिस्टेन्ट भएर ग्रामीण क्षेत्रमा काम गरेपछि मात्रै एमबीबीएस पढ्न पाउँथे । कर्ण ग्रामीण क्षेत्रमा काम गर्न नगइ आइएससी पढ्न भारत गए । घरबाट नजिकै हुने भएकाले उनले भारतको जयनगरमा आइएससी पढे ।

भारतमा २ वर्षमा आइएसी पढेर कर्ण फेरि काठमाडौं आए । काठमाडौं आएर उनले एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षाको तयारी गर्न थाले । त्येतिबेला कर्णले बिजुली बजारमा रहेको इन्टिच्युट अफ कम्युनिटीमा सिएमए पढ्ने विद्यार्थीलाई पढाउन थाले ।

सन् १०९५ मा एमबीबीएसका लागि प्रवेश परीक्षा दिए तर पढ्नका लागि नाम निस्किएन ।

उनले एमबीबीएस पढ्नकै लागि अर्को पटक पनि प्रवेश परीक्षाको तयारी गरे । प्रवेश परीक्षाको तयारी गर्दैगर्दा उनलाई सिएमए पढाउँने कलेजबाट क्यानडा जाने अवसर आयो । कर्णले क्यानडा जाने र उतै एमबीबीएस पढ्ने योजना बनाएर नेपालमा प्रवेश परीक्षा नै नदिइ क्यानडा गए ।

क्यानडा पुगेपछि कर्णलाई त्यहि रहेका डा.सुर्य बस्नेतले क्यानडामा एमबीबीएस पढ्न निकै महंगो भएको बताए । बस्नेतले कर्णलाई सम्झाएपछि उनी नेपाल फर्किए ।

नेपाल फर्किपछि २०५३ सालमा पोखरामा एमबीबीएसको अध्ययन शुरु हुने भयो । उनले शिक्षा मन्त्रालय माफर्त प्रवेश परीक्षा पास गरी एमबीबीएस अध्ययन शुरु गरे । एमबीबीएस पढ्दै गर्दा कर्णले बिहे पनि गरे । एमबीबीएसको अन्तिम वर्षको पढाइ सकिदै गर्दा उनकी छोरी जन्मिइन ।

आम्दाले बदलेको जीवन

कर्णले काठमाडौंको बीर अस्पतालमा इन्टनसीप गरे । इन्टनसीप सकेपछि कर्ण झापाको दमकमा रहेको आम्दा अस्पिटलमा मेडिकल अफिसरको रुपमा काम गर्न थाले । त्यहाँ उनले चिकित्सा शिक्षा अध्ययन पछिको अभ्यास र अनुभव राम्रोसँग लिन पाए । त्यहीको कार्यअनुभवले उनलाई भविष्यको बाटो पहिचान गर्न सक्षम पनि बनायो ।

उनले भने, ‘आम्दा अस्पतालमा काम गरेपछि नै मैले मेडिकल पेसाको व्यस्तता बुझे, त्यहाको कार्यअनुभवले मलाई आफ्नो बाटो रोज्न सहयोग गर्‍यो ।’

त्यतिबेला नेपालमा छालारोग विशेषज्ञ निकै कम थिए । छालारोगको विषयमा उनले नेपालको अवस्था र सम्भाव्यताका विषयमा बुझे । आफूले डर्माजोलोजी (छालारोग) को विषयमा एमडी गर्ने सोच बनाएर कर्ण झापा छाडेर काठमाडौं आए । उनले नेपाल मेडिकल काउन्सिल र अन्य साथीहरुसँग पनि बुझे ।

कर्ण सन् २००३ मा काभ्रेमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्समा पढाउन थाले । आफैले पढाएको ठाउँबाट कर्णलाई एमडी पढ्न बिदेश जाने अवसर आयो । त्यसपछि सन् २००४ मा कर्ण डर्माटोलोजी पढ्न भारत जाने योजना बनाए ।

एमडी पढ्दाको दुःख र अभाव

डा.कर्णले डर्माटोलोजी पढ्ने योजना बनाउँदै गर्दा उनका बाबु र आफन्त भने अचम्ममा परे ।

प्रायः सबै मेडिकल विद्यार्थीको रोजाई गाइनोलोजी, सर्जरी, फिजिसियन लगायतका विषय हुन्थ्यो । तर डा. कर्णले डर्माटोलोजी पढ्ने भन्दा उनका बाबुले चित्त समेत दुखाए । डा.कर्ण भने आफ्नो परिवार सहित सन् २००४ मा एमडी पढ्न भारत गए । त्यतिबेला डा.कर्णका एक छोरी र एक छोरा थिए ।

भारतमा एमडीको अध्ययनका क्रममा डा.कर्णले आर्थिक अभाव पनि भोग्नुपर्‍यो । विवाह गरिसकेका जवान छोरा घर बाहिर परिवारसँगै बस्ने भएपछि बाबुआमासँग खर्च माग्न अप्ठारो पथ्र्यो उनलाई । आर्थिक अभाव हुँदा पनि उनले कहिल्यै आमाबुबालाई आफु समस्यामा परेको सुनाउन सकेनन् ।

एमडी पढ्दैगर्दा पाएको दुःख सुनाउँदै उनले भने, ‘छोरा बिरामी हुँदा उपचार गर्ने पैसा नभएर साथीसँग ऋण काड्नु परेको थियो । त्यो बेला मलाई निकै दुःख थियो,’ उनले पीडा सुनाउँदा उनका आँखा रसाएका देखिन्थे ।

‘म शिक्षित र सम्पन्न परिवारमा जन्मिएपनि बाबुसँग पैसा माग्न सक्दिनथे, त्यसैले मेरो जीवन सधै साधारण नै भयो । दुईजना छोरा, छोरी र पत्नि सहित एमडी पढ्न भारतमा बस्दा निकै समस्या भोग्नुपर्‍यो,’ कर्णले एमडी पढ्दा भोग्नुपरेको अभाव सम्झिए, ‘महिनामा पाँच हजार आइसी आउथ्यों, पैसा आउने वित्तिकै म पहिला रासन किन्न जान्थें । पढाइ, परिवार सबै धान्न मुस्किल पथ्र्यो । मलाई आफु आफै सस्टेन हुन निकै गाह्रो भएको थियो । तर मेरो पत्नी र छोराछोरीले मसँग धेरै कुराको माग नै गरेनन् ।’

२००७ मा एमडी सक्किएपछि उनी काठमाडौं विश्व विद्यालय अन्तरगर्तको धुलिखेल अस्पतालमा नै डर्माटोलोजी (छालारोग विशेषज्ञ) को रुपमा काम शुरु गरे । १२ वर्षको अवधिमा डा.कर्णले धुलिखेल अस्पतालमा हजारौं बिरामीको छाला रोगको समस्या निको बनाइसकेका छन् ।

डा कर्णले धुलिखेल अस्पतालमा कस्मेटी सर्जरी, लेजर, कपाल प्रत्यारोपण लगायका छाला रोग तथा सौन्दर्यको विषयमा धेरै काम गरेका छन् ।

नेता, कलाकारदेखि सामान्य नागरिकको सौन्दर्यता

डाक्टर कर्णले छालारोगका बिरामीको उपचारसँगै विभिन्न कारणले कपाल झरेर तालु खुइलिएका ४ हजारभन्दा बढी व्यक्तिको कपाल प्रत्यारोपण गरेका छन् । नेपालका उच्च नेतृत्वमा रहेको व्यक्ति, कलाकार, पत्रकारसहित सामान्य नागरिकहरुले छालासम्बन्धी समस्या र कपाल प्रत्यारोपणका लागि डा.कर्णलाई नै सम्झन्छन् ।

डा.कर्णले धेरै भीआईपी, भीभीआईपी, सांसद, कलाकारहरुको कस्मेटिक सर्जरी, लेजर तथा कपाल प्रत्यारोपण गरिसकेका छन् ।

‘मसँग कपाल प्रत्यारोपण, कस्मेटी सर्जरी तथा लेजर गर्नका लागि नेपालका मन्त्री, सांसद, नेताहरु, कलाकार, पत्रकारहरु धेरै नै आउनुहुन्छ,’ डा.कर्णले भने, ‘मैले सामान्य नागरिकदेखि भीआईपी र भीभीआईप्ी नेता तथा सेलिब्रेटी कलाकारलाई सेवा दिएको छु । उहाँहरु मलाई खोज्दै आउँदा खुसी लाग्छ ।’

News Article published at Khabarhub on 10 August, 2019. Article by Rita Lamsal

किन झर्छ कपाल ? कसरी गरिन्छ प्रत्यारोपण ?

13 Aug 2019 Cutis-care

काठमाडाैं । पछिल्लो समय मानिसहरु बढी व्यस्त हुने हुँदा कपाल झर्ने समस्या बढी देखिने गरेको छ । कपाल झर्ने समस्या बढ्दै गएर कम उमेरमै तालुपना देखिन्छ । जसले गर्दा हिनताबोधसँगै तनावको समस्या ल्याउछ । अब त्यस्तो हिनताबोध र तनाव लिएर हिड्नुपर्ने दिन छैनन् । नेपालमा नै सस्तो मूल्यमा कपाल प्रत्यारोपण गर्न सकिन्छ । तर कपाल प्रत्यारोपण कस्तो स्थानमा गर्दैछु भन्ने कुरालाई भने ध्यान दिनैपर्छ ।

सहरी क्षेत्रमा कपाल प्रत्यारोपणका बारेमा जानकारी बढ्दै गएको देखिन्छ । पछिल्लो समय धेरै मानिसहरु आफ्नो कपालको बारेमा चिन्तित देखिने गरेको पाइन्छ । चिन्तित हुनु पनि पर्छ । कपाल हाम्रो शरीरको मुल ढोका हो । हामीले अनुहारको हेरचाहमा जसरी समय दिन्छौं, त्यसरी नै आफ्नो कपालको हेरचाहमा पनि ध्यान दिनुपर्छ । प्रायःजसो कपाल झर्नेबित्तिकै धेरै महिला दिदीबहिनीहरु कपाल प्रत्यारोपण गनुप¥यो भन्दै आउनु हुन्छ । तर कपालको रोगहरुका कारण पनि कपाल झर्छ । कपाल झर्नेबित्तिकै कपाल प्रत्यारोपण नै गर्नुपर्छ भन्ने हुँदैन । सुरुमा कपालको चेकजाँच गर्ने, रगत, थाइराइड र हर्मोनको चेकजाँच गरेर गरिन्छ । कतिपयलाई कपाल विभिन्न समस्या आएर पनि कपाल झर्ने हुन्छ, त्यसको औषधि लिएर निको हुन्छ ।

त्यसैगरी, नेपालमा कपाल प्रत्यारोपण करिब २० वर्ष अघिदेखि नेै सुरु भएको हो । तर त्यो समयमा कपाल प्रत्यारोपणको बारेमा जानकारी थिएन । पछिल्लो करिब पाँचवर्ष यता कपाल प्रत्यारोपणको बारेमा मानिसमा जानकारी बढ्दैछ ।

कपाल प्रत्यारोपण तालुपनाको समस्या भएको अवस्थामा कपाल प्रत्यारोपण गरिन्छ । तालुपनाको समस्या देखिनुमा वंशाणुगत र तनावका कारणले नै हुन्छ । फाइबर फाइजाइट् टेस्ट इन्जाइम हाम्रो निधार र तालुको कपालको जरामा हुन्छ । यो इन्जाइमका कारण २० वर्षपछिमात्र कपाल झर्ने समस्या देखिन्छ ।

झुसजस्तो कपाल झर्दै तालुपनाको समस्या आउँछ । तालुपनाको समस्या पुरुषमा ५० देखि ६० प्रतिशतसम्म हुन्छ भने महिलामा तालुपनाको समस्या १५ देखि २० प्रतिशत हुन्छ । कपाल झर्ने तरिका फरक हुन्छ । पुरुषमा निधारमाथि सबै चिल्लो हुने हुन्छ तर महिलामा निधारमा खुइलिँदै जाने वा सिउँदोको भाग रुख आकारमा जस्तो हुँदैन, कपाल झरेर चिल्लो हुन्छ । त्यसकारण कपाल प्रत्यारोपण गरेर तालुपनाको समस्या हटाउन सकिन्छ ।

त्यसैगरी, पुरुषमा तालुपनाको समस्या हेर्ने बित्तिकै थाहा हुन्छ तर महिलामा त्यो समस्या थाहा हुँदैन । महिलाहरुमा महिनाबारीको समयमा, थाइराइड र तनावलगायतका कारण कपाल झर्ने समस्या देखिन्छ । गर्भवति, सुत्केरी र स्तनपान गराउँदा कपाल झर्ने समस्या देखिन्छ । तर यस्तो अवस्थामा कपाल प्रत्यारोपण गर्नुहुँदैन । पोलेको दाग वा खतहरुमा पनि कपाल प्रत्यारोपण गरिन्छ ।

कलेजो प्रत्यारोपण गर्दा अरुबाट कलेजो लिएर गरिन्छ । मृगौला अरुबाट लिएर प्रत्यारोपण गरिन्छ । तर कपाल प्रत्यारोपण आफ्नै कपालबाट गरिन्छ । आफ्नो दारी, छाति, हातखुट्टा वा टाउको पछाडिपट्टीको भागबाट कपाल लिएर गरिन्छ ।  विश्वमा सबैभन्दा बढी कपाल प्रत्यारोपण गर्नेमा टर्की पहिलो देश हो । अमेरिकामा कपाल प्रत्यारोपण गर्न एउटा कपालको रु एकदेखि डेढ डलर पर्छ । भारतमा कपाल प्रत्यारोपण गर्दा एउटा कपालको भारतीय रुपैयाँ ४० देखि ६० पर्छ । तर नेपालमा एउटा कपाल प्रत्यारोपण गरेको ६० रुपैयाँ पर्छ ।

जुन नेपालमा अन्य देशको तुलनामा धेरै कम छ । कपाल जति प्रत्यारोपण गरिएको हुन्छ पछि त्यति नै पलाउँछ । प्रत्यारोपण गरिएको कपाल, काट्न सकिन्छ लामो बनाएर पाल्न सकिन्छ । कुनै समस्या आउँदैन । एकजना मानिसमा कपाल प्रत्यारोपण गर्न करिब १० देखि १६ घण्टा समय लाग्ने गर्छ । विगत पाँच वर्षयता मकहाँ कपालको समस्या लिएर दैनिक ३० देखि ४० जनासम्म बिरामीहरु आउनुहुन्छ । तर यस्तो कपालको समस्या लिएर आउनेमा महिला बढी छन् । तर कपाल प्रत्यारोपण गर्नेमा पुरुष बढी छन् । कतिपय पुरुषमा तनावको कारणले पनि तालुपनाको समस्या देखिन्छ ।

प्रायःजसोको मानिसको बानी दिनहुँ कपाल नुहाउने हुँदैन । तीन दिनपछि नुहाउँदा तीनसय वटा कपाल झर्नु सामान्य हो । त्यो कपाल झरेको होइन । तर कोही–कोही महिला दिदीबहिनीहरु डरले तनाव लिएर आउनुहुन्छ, “मेरो कपाल धेरै झर्छ भन्दै उपचारका लागि आउनुहुन्छ ।” तर कपाल झरेको हँुदैन, हामीले आफैँ झारेका हुन्छाँै । कसरी झारिएको भन्ने प्रश्न पनि आउने गर्छ ? हामीले कपाललाई बढी हेरचाह गर्दा गरेर वा कपालको हेरचाह नगरेर कपाल झर्ने हुन्छ ।

कपाल नुहाउँदा पूरै कपाल माडेर धुने चलन छ । हामीले प्रयोग गर्ने स्याम्पूमा केमिकल हुन्छ । जसले कपाललाई कडा बनाउँछ हाम्रो कपाल टुक्रिन्छ । प्रायः जसोको कपाल नुहाइसकेपछि अझ टाबेलले रगेटेर वा झट्कारेर सुकाउने बानी हुन्छ । अझ कतिपयले कपालको मसाज गर्छन्, त्यसले पनि कपाल झर्छ वा टुक्रिन्छ । कपालमा केमिकल भएको हेयर कलरले हाम्रो कपाल अझ टुक्राउने गर्छ । त्यस कारण हामीले हाम्रो कपालमा केमिकलको प्रयोग कम गर्यौँ त्यति नै कपाल स्वस्थ्य हुन्छ । कपालमा गन्ध र रङरहित तेलको प्रयोग गनुपर्छ ।

अनियन्त्रण मधुमेह, थाइरोइड, रक्तचाप, मासु पलाउने समस्या भएको, कपालको संक्रमण, कपाल निकाल्ने समस्या छ भने कपाल प्रत्यारोपण गर्नुहँुदैन । कपालको संक्रमण छ भने कुन प्रकारको संक्रमण हो  त्यसको उपचार गरेर मात्र प्रत्यारोपण गर्नुपर्छ । अन्त्यमा, कपाल प्रत्यारोपण गर्ने चिकित्सकमा कपालसम्बन्धि राम्रो जानकारी हुनु आवश्यक छ भने जहिले पनि कपाल प्रत्यारोपण गर्नुभन्दा अघि गरिने जाँचको बारे जानकारी हुनुपर्छ ।

(धुलिखेल अस्पतालका छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. कर्णसँग बाह्रखरी संवाददाता सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

 

News article published on Baahrakhari on August 11, 2019

Can Hair Transplant change my life?

10 Aug 2018 Cutis-care

Many people believe that cosmetic surgery can rise up their level of confidence. Well, what are your reasons for considering this?
I am Sudip and look younger. Younger in a sense of good looking handsome guy with not much pigmentary spots on my face, free from fine line wrinkles with shiny skin tone but no more dense hair on my scalp with backward strapped hairline like I was 55 years old uncle. At the age of 31, I always had a question that DO I REALLY LOOK young ?
Dear Friends! Here My point is, only having good skin and well-shaped body did not mark me as a young man. A good hair line as per my age and good density of hairs was needed which could give me a younger look. It took me almost 3 years to understand this , when I was visiting many cosmetic shops, hair care products, saloon and searching for hair oils and shampoos, which may become a miracle on my scalp. Often I used to be disappointed that nothing could help me to regain my hair back.

The amount of money I spent on these non sense could have saved for the genius decision that I recently made, and guess what now it’s been 7 months of my Hair Transplant done at Cutis care with the team of Dr. Dharmendra Karn , I found my life has changed .
I had no hope in my mind before jumping into hair transplant, but when the doctor cleared me up everything in details I came to know it’s not a big deal “let’s do it”. As a result, I am no more the old Sudip who used to carry the funny looking cap; everywhere in every pictures with friends and family. Believe me or not, I was denied for marriage, just because I did not have good hair, a bald chap, an old guy , a half-hearted look , an out of sight picture and what not .
Now Every day, I have reason to wake up early and go for workout , to smile and to live happily. I have a reason to take a good shower and to keep my hair clean. I have a good reason to have good food and stay fit, physically and mentally. I have a reason to take a confident stand right in front of my mirror to style up differently. Because my life has changed, I challenged nature to go young as much as can. I denied to carry a long face and yes! I can proudly say I decided to go out and show up myself as I am. Today I might be struggling with many more things in life but I am still happy that I did what could be done. Hair transplant has changed my life and can definitely change your life!

तालुपनाको स्थायी समाधान कपाल प्रत्यारोपण

4 Aug 2018 Cutis-care

टाउकाेमा कपाल नहुँदा आफ्नै शरीरको कपाल राखिने प्रक्रिया हो कपाल प्रत्यारोपण। पछिल्लो समय कपाल प्रत्यारोपण गर्ने फेसन जस्तै बनेको छ। यही फेसनका कारण गलत चिकित्सककोमा गएर प्रत्यारोपण गराउनेहरू भएको अलिअलि कपाल जाने मात्र होइन अनुहार नै कुरुप भएको गुनासा पनि आउने गरेका छन्।

कपाल प्रत्यारोपण के हो र कसरी सही विशेषज्ञ छान्ने र कसले प्रत्यारोपण गर्न सक्छ भन्ने सेरोफेरोमा कपाल प्रत्यारोपण विशेषज्ञ एवं धुलिखेल अस्पतालका छालारोग विभागका प्रमुख डा.धर्मेन्द्र कर्णसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–

कपाल प्रत्यारोपण 

व्यक्तिको आफ्नै शरीरको कुनै भागको रौं तालुमा सार्ने काम कपाल प्रत्यारोपण हो। धेरैको मनमा अरुको कपाल रोप्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा हुनसक्छ। अहिलेसम्म कपाल प्रत्यारोपणमा व्यक्ति स्वयंको मात्र लिइन्छ। कलेजो, मृर्गौला प्रत्यारोपण गर्दा अरुको अंग पनि लिन मिल्छ तर कपाल प्रत्यारोपणमा भने कपाल आफ्नै शरीरबाट मात्र निकाल्न मिल्छ। त्यसैले यसलाई प्रत्यारोपण भन्दा पनि ‘हेयर रि स्टोरेसन’ भनिन्छ। यसको अर्थ हुन्छ, शरीरको एक ठाँउबाट निकालेर चाहिएको अर्को ठाउँमा राख्ने प्रक्रिया।

सामान्यतया अरुको अंगबाट लिन खोज्दा कतिपय अवस्थामा शरीरले स्वीकार गर्दैन। यसरी शरीरले बहिस्कार गर्ने प्रकृया विभिन्न अंगहरु राख्दा उत्पन्न हुन्छ त्यसरी नै कपाल प्रत्यारोपणमा पनि समस्या उत्पन्न हुन्छ। शरीरले धान्न गाह्रो पर्छ र झन् कपाल झर्न थाल्छ। त्यसैले अहिलेसम्म प्रत्यारोपण्का लागि अरुको कपाल लिने गरिएको छैन।

कपाल प्रत्यारोपण कसले गर्न मिल्छ ?

कपाल त्यसै झर्दैन शुरुमा कपाल झर्दा कसरी झर्यो भनेर निर्क्याेल गर्न आवश्यक हुन्छ। करिब ५० देखि ६० प्रतिशत पुरुषमा तालुपनाको समस्या हुन्छ। तर बाँकी ४० प्रतिशत मानिसको पनि तालुपना नभएको अवस्थामा पनि कपाल झरिरहेको हुन्छ। कपाल झर्दैमा हेयर ट्रान्सपलान्ट अर्थात कपाल प्रत्यारोपण गरिहाल्ने भन्ने होइन।

त्यसका लागि समस्या किन आयो भन्ने निर्क्याेल गर्नुपर्छ। तालुपना वंशाणुगत कारणले हो र अब कहिल्यै तालुमा कपाल आउन सक्दैन भन्ने चिकित्सककाे जाँचबाट पत्ता लगाएपछि मात्र प्रत्यारोपण गर्ने हो। अर्को कुरा तालुपना भएका व्यक्तिले गलत व्यक्तिबाट प्रत्यारोपण गराए कपाल झनै झर्ने मात्र होइन अनुहार नै कुरुप बन्न सक्छ। त्यसैले सही व्यक्तिबाट मात्र प्रत्यारेपण गराउनुपर्छ।

महिलामा पनि तालुपना हुनसक्छ?

पुरुष मात्र होइन महिलाहरूमा समेत कपाल झर्ने समस्या बढ्दो छ करीब १३ देखि २० प्रतिशत महिलामा पनि तालुपनाको समस्या उत्पन्न हुन सक्छ। तर पुरुषमा देखिने र महिलामा आउने तालुपना फरक हुन्छ। पुरुषको तालु चिल्लो देखिन्छ भने महिलामा देखिँदैन। महिलाहरुमा कपाल झर्नुको वंशाणुगत प्रमुख कारण हो भने तनाव दोस्रो कारक बन्ने गरेको छ।

कपालको स्याहार गर्न नजान्दा पनि विभिन्न समस्या उत्पन्न गराउँछ। अधिकांश मानिस कपाल पाल्छन् तर त्यसलाई स्याहार गर्न जान्दैनन्। कतिपयले आवश्यकता भन्दा अधिक स्याहर गर्ने गर्छन जसले कपाल झर्छ। अनावश्यक स्याम्पु गर्ने, जे पनि लगाउने, मसाज गराउने, स्ट्रेट गर्ने, कलर प्रयोग गर्ने, मेहन्दी लगाउने आदि कारणले पनि कपाल झर्ने समस्या आउँछ।

धेरैले प्रत्यारोपण गरिसकेपछि काट्न मिल्छ की मिल्दैन भनेर सोेध्ने गरेका छन। प्रत्यारोपण गरेको कपाल एक वर्षपछि सामान्य कपाल सरह काट्न मिल्छ। यस्तो कपाल आफ्नो रुचि अनसार काट्न, कलर गर्न र सेभ गर्न मिल्छ। तालुपनाको स्थायी समाधान कपाल प्रत्यारोपण नै हो। प्रत्यारोपणले एकपटकको लगानीबाट कहिल्यै नझर्ने कपाल आउँछ। किनकि जँहाको कपाल कहिल्यै झर्दैन त्यहाँको कपाल तालु भएको ठाँउमा राखिन्छ।

कपालमा कस्मेटिक गर्दा सतर्कता अपनाउन जरुरी रहन्छ। तसर्थ कपाल झर्नुको कारण पत्ता लगाई उपचार गराउन जरुरी हुन्छ। कपालको स्याहार गर्दा उपयुक्त तरिका अपनाउनु पर्छ। जस्तै कपाल कसरी धुने, हप्तामा कतिपल्ट धुने, कसरी स्याम्पुको प्रयोग गर्ने भन्ने कुरा जान्न जरुरी हुन्छ।

कसरी हुन्छ उपचार?

तालुपनाको उपचार दुई किसिमको छ। तालुपन हुँदैमा सबैलाई कपाल प्रत्यारोपण गरिँदैन। उपचारका लागि कुन कुन विकल्प रहेका छन बुझ्न आवश्यक छ। र यो कुनै रोग होइन, वंशाणुगत प्रवृत्ति हो। चाहे त्यो आमाबाट होस् वा बाबु पट्टिबाट। चार वा पाँचपुस्ते वंशजको कारणले पनि यस्तो समस्या आउन सक्छ। कुनै पनि पुस्तामा नभएको समस्या कहिले पनि आउँदैन।

उपचारका लागि पहिले जाँच गर्न जरुरी हुन्छ। औषधिले निको हुने खालको छ या छैन? अर्थात् मेडिकल उपचार वा सर्जिकल उपचार। मेडिकल उपचारमा खाने र लाउने औषधि हुन्छ। तर त्यो खाउञ्जेल र लगाउन्जेल सम्ममात्र रोकथाम हुन्छ। जसले भएको कपाललाई जोगाइदिन्छ तर जँहा चिल्लो भइसकेको छ भने त्यहाँ कपाल उमार्दैन। यसले शुरुको अवस्थामा मात्रै काम गर्छ। तालुपना जहिले पनि निधार र तालुमा मात्रै हुन्छ।

टाउकाको छेउ छेउमा र दाह्रीको कपाल कहिल्यै झर्दैन। यदि कसैको झरेको छ भने त्यो रोग हो। त्यसले कुन कारणले झरेको हो भन्ने थाहा पाउन जरुरी छ।

प्रत्यारोपण गरेको कपाल काट्न मिल्छ की मिल्दैन ?

धेरैले प्रत्यारोपण गरिसकेपछि काट्न मिल्छ की मिल्दैन भनेर सोेध्ने गरेका छन। प्रत्यारोपण गरेको कपाल एक वर्षपछि सामान्य कपाल सरह काट्न मिल्छ। यस्तो कपाल आफ्नो रुचि अनसार काट्न, कलर गर्न र सेभ गर्न मिल्छ। तालुपनाको स्थायी समाधान कपाल प्रत्यारोपण नै हो। प्रत्यारोपणले एकपटकको लगानीबाट कहिल्यै नझर्ने कपाल आउँछ। किनकि जँहाको कपाल कहिल्यै झर्दैन त्यहाँको कपाल तालु भएको ठाँउमा राखिन्छ।

प्राकृतिक रुपमा देखिनेगरी राखिने भएकाले प्रत्यारोपण गरेर कसैले थाहा पाउने पनि हुँदैन। कपाल शुरुमा रोप्दा करिब एक महिनासम्म झर्छ र त्यसपछि आफैँ उम्रिन थाल्छ। यसरी तीन महिनामा २५ प्रतिशत  र एक वर्षमा शतप्रतिशत कपाल उम्रिन्छ।

 Source: Healthtvonline

कानमा ठुलो रिँग लगाउने फेशन- कानको लोती सिलाउनु

4 Jun 2018 Cutis-care

महिला एवम् पुरुषकोकानमा आकर्षणका लागि गरगहना लगाउनु साधारण कुरा हो । कानको लोतीमा अझ ठूलो प्वाल बनाएर Ring (रिँग) लगाउनु पनि फेसननै बनेको छ । तर समय अनुसार गरगहनाको भारले कानको लोती क्रमशः ठूलो हुदै जान्छ । ठूलोलोती बनाएको व्यक्तिहरुलाई पनि पछि त्यो फेसन मन नपर्ने हुन सक्छ ।

छाला रोग विशेषज्ञ सँग परामर्स गर्न धेरै व्यक्ति कानको लोती ठूलो भएको समस्या लिएर आउनुहुन्छ । तर के कानको लोती जहीँतहीँ मिलाउन सम्भव र सुरक्षित छ त ?

कानको लोतीलाई लेजर पध्दतिबाट सिलाउँदा पहिले जस्तै साधारण छाला हुन जान्छ । यो पध्दतिबाट कानको लोती मिलाउदा धेरै दुख्ने , रगत बग्ने र कानको लोती बराबर नहुने जस्ता जोखिमहरु हुदैनन् । कानको लोती मिलाए पीछ फेरि गरगहना लगाउन प्वाल बनाउन सकिन्छ ।

डा. धर्मेन्द्र कर्णका अनुसार धेरै महिलाहरु कानको लोति फाटेको समस्याबाट पिडित् छन् । तर उहाँहरुलाई यसको सामाधान कहाँ र को बाट हुन्छ भन्ने कुराको धेरै ज्ञान भने छैन ।

कपाल प्रत्यारोपन पछि दश वर्ष उमेर घटेको अनुभव : पहिले अङ्कल अहिले दार्इ

11 May 2018 Cutis-care

हाल म ४४ वर्षको भए । ३० वर्षको उमेर देखि कपाल झर्न थाले पछि म ३४ वर्षको उमेरमा पुरै तालु भए । म व्यापार गर्ने व्यक्ति हुँ तर, कपाल नहुँदा मलाई काममा धेरैनै आत्मविश्वास गुमाए । आफु भन्दा केही उमेर कान्छो मान्छेले अझ  अङ्कल भन्दा त झनै अफ्ठ्यारो स्थिति हुन्थ्यो । रिस पनि उठ्थ्यो , तर केही गर्न नमिल्ने ।


कपाल प्रत्यारोपणको बारेमा मैले धेरै अघि देखि सुनेको थिए र गराउन एकदम आतुर थिएँ । व्यापारको क्रममा म धेरै पटक भारत र थाइल्यान्ड जाँदा, प्रत्यारोपणको बारेमा जानकारी लिएँ । तर, मलाई उनिहरुको दक्षता माथि विश्वास लागेन । मैले उहाँहरुले गरेको बिरामीलाई भेट्दा म सन्तुष्‍ट भइृन । अझ फलोअपमा जानुपर्ने झन्झट । ओहो !
स्वदेशमै कपाल प्रत्यारोपणको बारेमा सुने पछि म धेरै उत्सुक भएँ । डाक्टर धर्मेन्द्र कर्णको बारेमा मैले धेरै अघि देखि सुनेको थिएँ । उहाँलाई बानेश्वर क्युटिस केयर (Cutis Care)मा भेटेँ र संयोगवस मैले उहाँले गर्नुभएको कपाल प्रत्यारोपणको बिरामीलाई भेटेँ । म अत्यन्त सन्तुष्ट भएँ । मैले २०७३ मंसिरमा कपाल प्रत्यारोपण गराएँ ।
आज प्रत्यारोपणको डेढ वर्ष पछि मैले तालुमा कपाल फेको छ । मैले आशा गरेको भन्दा धेरैनै बाक्लो कपाल मैले पाएँ । म धेरैनै खुसी छु । मलाई अङ्कल भन्ने व्यक्तिले आजकाल दाई भन्न थालेको छन् । मैले साच्चैनै १० वर्ष उमेर घटेको महशुस गरेको छु । कपाल प्रत्यारोपण गराउन अगाडि म एकपटक डाक्टर धर्मेन्द्रलाई भेट्न सबैलाई सुझाव दिन्छु ।

प्रत्यारोपण गराउनु भएको व्यक्तिको अनुभव 

 

अस्ट्रेलिया र अमेरिकाको पानीले मेरो कपाल झर्यो : के हो सत्य ?

गएको हप्ता हामीले ३ विदेशमा बस्ने नेपालीको कपाल प्रत्यारोपण गर्यौ । तालुपना को उपचार मा धेरै नै खर्च गरिसक्नु भएको थियो उहाँहरुले। प्रत्यारोपण अगाडी हामीले सधैझैं प्रश्न गर्यौ, ‘’कसरी झर्यो जस्तो लाग्यो तपाईहरुलाई कपाल?’’ हामी विदेश जाने बित्तिकै पानी परिवर्तन भयो, त्यहाँ को पानी सारैनै अप्राकृतिक भएकोले कपाल झरेको हुनुपर्छ भन्ने उत्तर दिनुभयो उहाँहरुले। समुन्द्रको पानी प्राय कडा हुन्छ र त्यस्को प्रयोगले पहिले त कपाल कडा र सुखखा भयो । तर पछि बिस्तारै झर्दै गयो ।

के पानीले कपाल झर्छ?

पानीको खराबीले कपाल झर्न सक्दछ तर, तालुपना भने कहिले हुदैँन । खराब पानीले हानि गरेर कपाल टुक्रिन सक्छ र केहि समयको लागि झर्न पनि सक्छ. तालुपनामा टाउको पछाडी को भागमा कहिले कपाल झर्दैन । पानीले नै तालुपाना हुने भएको भए टाउको पछाडीको कपाल पनि झर्नु पर्ने थियो। कपाल झर्ने समय र विदेशिने समय उस्तै भएको हुनाले धेरैलाई पानीले कपाल झरेको जस्तो लागेको हुनसक्छ ।

किन हुन्छ तालुपना ?

तालुपना हर्मोनको कारणले हुन्छ. ५-अल्फा-रिडअकतेज (5-alpha Reductase) नामक रशायण अगाडी को कपालमा हुने भएको हुनाले टाउकोको आगाडी भागको कपाल झरेर तालुपाना हुन्छ । यो रशायण पछाडिको कपाल मा नहुने हुनाले पछाडीको कपाल कहिले झर्दैन. यो पछाडिको कपाललाई अगाडी सार्ने पद्धतीलाई नै कपाल प्रत्यारोपण भनिन्छ। प्रत्यारोपण गरेपछि फेरि कपाल झर्ने समस्या भने हुदैन।

कपाल प्रत्यारोपण

कपाल प्रत्यारोपण धेरैनै सहज बिधी हो ।  नदुख्ने औषधीको प्रयोग गरेर पछाडिको कपाललाई अगाडी सारीन्छ। रोपिसकेको कपाल पहिलेजस्तै बढ्ने र काट्न मिल्ने हुन्छ । २५०० भन्दा बढी प्रत्यारोपण गरिसक्नु भएका डा. धर्मेन्द्र कर्ण भन्नुहुन्छ कपाल झर्नुले मानसिक तनाब हुन्छ । प्रत्यारोपण सहज प्रबिधि भएकोले कपाल झरेको  परामर्श छालारोग विशेषज्ञ डाक्टरसँग बेलैमा गर्नु पर्छ।

यसकारण ‘तालु खुइले’ बन्दैछन् नेपालीहरु

के तपाईं कपाल झर्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? बिज्ञहरुका अनुसार यसको पनि आफ्नै कारण छ । तीव्र सहरीकरण, तनाव, प्रदुषण, नकारात्मक जीवनशैली, खानपानमा विषादी, उचित पोषणको अभाव, रसायनको अत्यधिक उपयोगका कारणले नेपालीहरु क्रमश ‘तालु खुइले’ स्थितिमा पुगिरहेका छन् ।

धुलिखेल अस्पताल, छाला रोग विभागद्वारा विदेशी विशेषज्ञको सहभागितामा आयोजित कपाल पुर्नरस्थापन सम्बन्धी कार्यशालामा विशेषज्ञहरुले उक्त कुरा औंल्याएका हुन् । उसो त सबै व्यक्तिको कपाल झर्छ ।

दिनहुँ ५० देखि सय वटासम्म कपाल झर्नु सामान्य कुरा हो । तर यदि तपाईंको टाउकाको कुनै एक ठाउँमा कपाल देख्नुहुन्न वा धेरै पातलो भएको देख्नुहुन्छ भने यो कपाल झर्ने प्रकृया हुनसक्ने डर्मा डेन्ट क्लिनिक, उदयपुर भारतका डा.प्रशान्त अग्रवाल बताउँछन् ।

चोटपटक वा तनाबले समेत नेपालीहरुको कपाल झरिरहेको छ । ‘टेलोजेन एफयुवियम’ भनिने यो प्रकृयाअन्तर्गत लामो समयदेखिको मानसिक तनाब, उच्च ज्वरो, संक्रमण, शल्यक्रिया आदिले गर्दा कपाल झर्ने गरेको धुलिखेल अस्पतालका छालारोग विभागका प्रमुख डा.धर्मेन्द्र कर्ण औल्याउँछन ।

उनका अनुसार डेढ वर्षयता मात्रै धुलिखेल अस्पतालमा करिब पाँचसय भन्दा बढी व्यक्तिले कपाल प्रत्यारोपण गराएका छन् ।

थाइराइडका कारणले समेत कपाल झर्ने समस्यामा पछिल्लो केही समयदेखि बृद्घि भएको जनाउँदै डा.कर्ण भन्छन्, ‘मधुमेह रोगका कारणसमेत कपाल झर्ने गरेको छ, यो रोगमा हाम्रो कपालको जरामा रगतको आपूर्ति कम भएर हुने गरेको हो ।’

कुनै पनि रोग भएको संकेतसमेत कपाल झर्नु हुन सक्छ । थाइराइड, एनिमिया लगायत करिव ३० वटा रोगमा कपाल झर्न थाल्ने स्किन इनोसेन्स, दिल्ली की डा.सिद्घार्थ सोन्थालिया वताउछन । रोगको उपचार भएपछि कपाल झर्नु बन्द हुनुको साथै केही खास स्थितिबाहेक धेरैजसोमा झरेको कपाल फर्कन थाल्छ । यति मात्र नभएर हाल उच्च कोलेस्ट्रोल, आयरन मेटाबोलिज्मले पनि कपाल झर्ने समस्यामा योगदान दिइरहेको छ ।

अर्कातिर, उपयोग गरिने धेरैजसो औषधीले समेत कपालको स्वास्थ्यमा प्रतिकुल असर पार्दैछ । कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह आदीमा उपयोग गरिने औषधीहरु समेत कपाल झर्ने कारक हुन सक्ने पटना मेडिकल कलेज, भारतका डा.अभिजित कुमार झा औंल्याउँछन । अटो इम्युन स्थिति एलोपेसिया एरियाटाले पनि कपाललाइ झार्छ । यो समस्या मुख्यरुपमा एउटा गोलो (निश्चित) क्षेत्रमा हुन्छ ।

कपाललाइ स्वस्थ राख्न सकेसम्म कृत्रिम प्रकृयाभन्दा टाढा रहनु फायदाजनक हुन्छ । कपालमा स्प्रे, क्रिम, जेल आदिको प्रयोग सकेसम्म घटाउनुपर्छ । यसमा भएको कडा रसायनिक तत्वहरुले टाउकाको छालालाइ सुख्खा वनाएर पाप्रो वनाउन सघाउने भारतकी डा.अर्श दीप बताउँछिन । हामीहरुले रंगाउने, पर्म गर्ने, रिलेक्सयर उपयोग गर्नेजस्ता प्रकृयाले समेत कपालको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ ।

बढी रसायन नभएको आफूलाइ उपयुक्त लाग्ने गुणस्तरिय स्याम्पु र कण्डिसनर को प्रयोग गर्नुपर्छ । प्रदुषण, वर्षाको पानी, धुलो, धुवा, घाममा बिना कुनै सुरक्षाले कपाल सुख्खा, कमजोर र टुट्ने खालको हुन्छ ।

कपाल धोएपछि हेयर ड्रायर नभएर सुख्खा हावामा सुकाउनु पर्छ । बेस्सरी तौलिया दलेर र तातो हावाले सुकाउने प्रकृयाले कपालको स्वास्थ्य बिगारिरहेको डा.अखलिस जैन औल्याउँछन् ।

मुलुकमा कसैले अति सम्भार गरेर त कोइ सामान्य ध्यानसमेत नदिएर कपाललाइ झर्न सघाइरहेको दाबी गर्दे डा.कर्ण भन्छन–‘कोइ स्याम्पु नै अति लगाउने छन् भने कोइ सामान्य सफा पनि राख्दैनन्, कसैले आवश्यकता भन्दा बढी सयौ पटक काइयो कोरेर कपाललाइ अस्वस्थ पारिरहेका हुन्छन् ।’

विज्ञहरुको अनुसार कपाल झर्न लाग्दा समयमै उपचार प्रकृयामा गए धेरैजसो केसमा तालु खुइलिनु बाट वाच्न सकिन्छ । झरिसकेको भएपनि प्रत्यारोपणलगायतका प्रविधिले प्राकृतिक रुपमै कपाल समेत पाउन सकिन्छ ।

प्रकाशित : वैशाख ११, २०७४ १९:१६ @ekantipur

Article By: Atul Mishra

डा. कर्ण, जसले २५ सय बढीको रित्तो टाउकोमा रौं उमारीदिए

तपाईं टाउको मुडुलो (कपाल/रौं रहित) भएकोमा चिन्तित हुनुहुन्छ ? नाङ्गो टाउकोले सौन्दर्यता विगारेकोमा हिनताबोध भइरहेको छ ? टाउकोभरी रौं उमार्न इच्छुक हुनुहुन्छ ?

यदि यिनै विषयमा घोत्लिरहनु भएको छ भने तपाईंलाई खुसीको खबर छ । मुडुलो टाउकोभरि कपाल उमार्न विदेश धाइरहनु पर्दैन । विदेशमा गएर महंगो शुल्क तिर्नु पर्दैन । नेपालमै यस्ता चिकित्सक छन् जसले २५ सय बढीको टाउकोमा रौं उमारि सकेका छन् । धेरैका प्रिय वनेका छन् । उनको नाम हो – डा. धर्मेन्द्र कर्ण ।

कर्ण काठमाडौं विश्व विद्यालय अन्र्तगतको धुलीखेल अस्पतालका छाला रोग विशेषज्ञ हुन् ।

१० वर्षदेखि उनी यो विधामा सक्रिय छन् । उनी विश्वमा आइरहेको नयाँ नयाँ उपचार पद्धतीको विषयमा अध्ययन गर्थे । शुरुमा उनले छाला रोगीहरुको उपचार मात्रै गरे । कस्मेटीक सर्जरी, लेजर लगायतका काममा नै उनि लामो समय सक्रिय भए ।

‘मैले हेयर ट्रान्सप्लान्ट गर्छु भनेर सोचेको थिइन । धेरैले मलाई डाक्टरसाब तपाइले हेयर ट्रान्सप्लान्ट किन नगरेको ? गर्नुप¥यो नि भनेर सुझाव दिन्थें’ लोकान्तरसँगको कुराकानीका क्रममा कर्णले भने, – ‘शुरु– शुरमा मैले नै सबैथोक कति गर्नु भनेर टारीदिन्थें ।’

मानिसहरुको कपाल प्रत्यारोपण प्रति आकर्षण बढ्दै गएपछि उनले आफुले नै कपाल पत्यारोपणको कार्य गर्ने सोच बनाए ।

नेपालमा कपाल पत्यारोपणको आवश्यकता छ भन्ने सोचेर उनी हेयर ट्रान्सप्लान्ट सम्बन्धि तालिम लिन सन् २०१४ मा इजरायल गए । उनले इजलायलमा हेयर ट्रान्सप्लान्ट बारे तालिम लिए ।

तालिममा सहभागी हुँदै गर्दा उनलाई कपाल प्रत्यारोपणको काम निकै गाह्रो रहेछ भन्ने लाग्यो ।

‘तालिम लिँदै गर्दा नेपालमा यो गर्न सकिदैन, गाह्रो रैछ भन्ने लाग्यो किनभने हेयर ट्रान्सप्लान्ट गर्न घण्टौ समय लाग्ने रहेछ,’ कर्णले थपे, ‘काम गर्ने टिम चाहिने रहेछ । त्यो कहिले बानउने, कसरी बनाउने भनेर म शुरुमा त अन्यौलमा परेको थिएँ ।’

नेपाल फर्किएपछि भने कपाल उमार्न विदेश जाने नेपालीको दुःख सम्झेर आफू कडा परिश्रममा जुटेको कर्णले वताए ।

‘नेपाल फर्किएपछि ति विरामीहरुलाई संझिएँ जो कपाल पत्यारोपणकै लागि विदेश धाउनु परिरहेको थियो । हेयर ट्रान्सप्लान्ट नेपालमा आवश्यक छ भनेर मैले कडा मेहनत गरेँ’ कर्ण सम्झिन्छन् ‘ लागिपरेपछि गर्न नसकिने कुरा केही पनि रहेनछ भन्ने आज वोध भइरहेको छ ।’

यसरी शुरुवात गरे नेपालमा कपाल पत्यारोपण 

नेपाल आएको एक हप्ता पछि उनले आफु कार्यरत धुलिखेल अस्पतालमा तालिम शुरु गरेको लोकान्तरलाई सुनाए । उनले शुरुमा मृत शरीर देखि बंगुरको छालामा लामो समय कपाल प्रत्यारोपणबारे परिक्षण गरे । परिक्षणबाट निखारिएपछि सन् २०१५ मा मानिसको तालुमा सफलतापूर्वक कपाल प्रत्यारोपण गर्न सफल भए ।

‘धुलिखेल अस्पतालका चिकित्सकको टिमले मेडिकल कलेजको ल्याबमा रहेका शबहरुमा परिक्षण शुरु ग¥यौं । तीन चार महिना गु्रपमा गरेपछि हामीले बंगुरको छाला घरघरमै लगेर कपाल प्रत्यारोपणको अभ्यास गर्यौं’ डा. कर्णले भने, ‘लामो प्रयास पछि सन् २०१५ को जनवरीबाट मानिसको टाउँकोमा कपाल प्रत्यारोपण शुरु गर्यौं । शुरुमा हामीले तालुमा पोलेका व्यक्तिहरुमा कपाल प्रत्यारोपण शुरु गर्यौं ।’

कपाल झरेर वा विभिन्न कारणले तालुमा कपाल नभएका मानिसहरु उनीकहाँ कपाल प्रत्यारोपण गर्ने भन्दै आइपुग्छन् ।

उनले उपचारको लागि आउने विरामीलाई कपाल झर्ने कारण, प्रत्यारोपण गर्नुपर्ने अवस्था लगायतको विषयमा शुरुमा परार्मश दिने गर्छन् ।

‘विरामीको टाउकोको परिक्षणपछि यदि कपाल प्रत्यारोपण गर्नुपर्ने अवस्था नै रहेछ भने मात्र त्यो काम शुरु गर्छु,’ उनले भने ।

उनका अनुसार शुरुमा कपाल झर्ने कारण, समस्या लगायतबारे बुझ्नुपर्ने हुन्छ ।

‘यदि कुनै रोगको कारण कपाल झरेर तालुपना भएको हो भने पहिला त्यो रोगको उपचार गर्ने हो । कुनै रोग छ कि छैन भनेर आधुनिक मसीनबाट परिक्षण गर्छाैं । कुनै अन्य प्रकारको रोग छैन र प्रत्यारोपण नगरी कपाल आउने अवस्था छैन भने मात्रै हामी प्रत्यारोपणमा जुट्छौंं’ उनले भने ।

प्रत्यारोपणकै लागि भनेर आएका कतिपय मानिसको औषधी उपचार पछि कपाल पलाएर प्रत्यारोपण नगरी फर्किएको घटना समेत उनले सुनाए ।

उनले नेपालमा २५ सय भन्दा बढि तालुपनाको समस्या भएका व्यक्तिहरुको तालुमा सफल कपाल रोप्ने कार्य गरीसकेका छन् ।

कपाल प्रत्यारोपण गरेका मानिसहरुबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । आफुले गरेको प्रत्यारोपणको कार्य सफल हुदै आएको उनको दाबी छ ।

‘मैले प्रत्यारोपण गरेका  सबै जना सन्तुष्ट हुनुहुन्छ किनकी एकपटक हेयर ट्रान्सप्लान्ट गरेपछि उहाँहरु फेरी अलि बाक्लो बनाउन प¥यो डाक्टरसाब भनेर आइरहनु भएको छ’ उनले भने ।

कपाल प्रत्यारोपण गरेर गएका विरामीले त्यस्तै चाहनामा रहेका अन्य विरामीलाई लिएर आफूकहाँ आउने गरेको उनको भनाइ छ ।

उनले आफ्नो कार्यप्रति सन्तुष्टि जनाउदै भने, ‘मेरो काममा सन्तुष्ट भएर नै उहाँहरुले अरुलाई ल्याउनु भएको हो । त्यसैले मैले गरेको कामप्रति मलाई गर्व छ ।’

डा. कर्णले विकसित देशहरुमा आएका नयाँ प्रविधि र उपचार विधिको विषयमा चासो दिँदै गरेका छन् । उनले भारत, इजरायल, अमेरीका लगायतका देशमा गएर हेयर ट्रान्सप्लान्टको नयाँ प्रबिधिको बारेमा जानकारी लिएका छन् ।

तालुमा कपाल रोप्नको लागि एउटा रौंको ८० रुपैया लाग्ने डा. कर्णले बताए । उनका अनुसार तालुपना हेरेर आवश्यकता अनुसार १५ सय देखि दुई हजार रौं रोपिन्छ ।

माग्नेदेखि सुपरस्टारसम्मलाई उपचार 

आफूले माग्नेदेखि सुपरस्टारसम्मको कपाल प्रत्यारोपण गरेको उनले स्मरण गरे ।

‘मैले माग्ने देखि सुपरस्टार सम्मलाई उपचार गरेको छु । म हेयर ट्रान्सप्लान्ट मात्रै होइन छालासम्बन्धि सबै किसिमका रोगको उपचार गर्छु । उहाँहरुको नाम त भन्न मिल्दैन, मसँग नेपालका सुपरस्टारदेखि,व्यपारी, मन्त्री,सचिव, सरकारी कर्मचारी र ठूला मिडियाका व्यक्तिहरु पनि आउँनु हुन्छ,’ उनले भने ।

आफूकहाँ मागेर गुजारा गर्ने व्यक्ति पनि उपचार गर्न आएको तर उनीहरुसँग फि नलिएको कर्णले बताए ।

नेपालमा भएको सफल कपाल प्रत्यारोपणको विषयमा जानकारी दिन र आफ्नो अनुभब सुनाउन विदेशमा जाने गरेको कर्णले बताए ।

‘पहिला तालिम लिन विदेश जान्थें । अहिले त म तालिम दिनलाई विदेश जान्छु । केही समय अगाडी भारतमा गएर तालिम दिएँ । केही महिना पछि फेरि जाँदैछु,’ कर्णले थपे ।

Article By: Rita Lamsal

Published on Lokaantar News on Poush 11, 2074

कपाल प्रत्यारोपण खासमा एक किसिमको सीप हो- डा. धर्मेन्द्र कर्ण

काठमाडौं — हाम्रो मुलुकमा आधा दशकयता कपाल प्रत्यारोपणप्रतिको आकर्षण बढेको छ । कपाल प्रत्यारोपण राम्रैसँग भए त आफ्नो पनि आकर्षण पनि बढ्छ नै, तर त्यसमा कुनै तल–बितल भए परिणाम उल्टो हुन बेर लाग्दैन । कपाल उपयुक्त किसिमले नरोपिँदा उत्पन्न हुने समस्याका भुक्तभोगी पनि कम छैनन् ।

तिनैमध्येका एक हुन्– अनिल । लहैलहैमा लागेर कपाल प्रत्यारोपण गराउँदा निम्तिएको समस्या भोगिरहेका उनी भन्छन्, ‘पैसो खर्चेर कपाल रोपियो, तर अब अनुहार अर्कैको जस्तो लाग्छ । कपाल जे गरे पनि ठाडै बस्छ । आफूलाई अर्कै लाग्छ । तालु हुनुभन्दा अगाडि मेरो कपाल जस्तो थियो, अहिले त्यस्तो छैन ।’

धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार, प्रत्यारोपण गर्दा कपालको डीएडी अर्थात् घनत्व, कोण र डिजाइन नमिले कपाल बिग्रिने गर्छ । ‘यस्तो कामले उपभोक्तालाई सन्तुष्टि दिँदैन,’ उनी भन्छन्, ‘उमेरको पाँच दशक नाघेका मान्छेलाई २० वर्षे युवकलाई जस्तो कपाल रोप्दा समस्या हुन्छ ।’

प्रत्यारोपण भन्नेबित्तिकै हामीलाई प्राय: मृगौला वा कलेजोसम्बन्धी चिकित्सकीय शल्यक्रियाको सम्झना हुन्छ । अनि कपाल प्रत्योरापण पनि जटिल नै होला भन्ने लाग्छ । कपाल प्रत्यारोपण पनि त्यति सजिलो त हुन्न, तर त्यति कठिन पनि हुन्न ।

‘कपाल प्रत्यारोपण खासमा एक किसिमको सीप हो,’ डा. कर्ण भन्छन्, ‘कसैमा कपाल प्रत्यारोपण गर्नुअघि यसका लागि सम्बन्धित व्यक्ति उपयुक्त छ कि छैन भन्ने ख्याल गर्नु अत्यन्त जरुरी छ । जसले पैसो खर्च गर्न रुचायो, त्यसैको प्रत्यारोपण गर्न तम्सिँदा परिणाम राम्रो नआउन सक्छ ।’
अमेरिकन सोसाइटी फर डर्मेटोलोजिक सर्जरी (एएसडीएस) का अनुसार, कपाल प्रत्यारोपण पर्याप्त तालिमप्राप्त छाला रोग विशेषज्ञ वा प्लास्टिक सर्जनले मात्र गर्न सक्छ । प्रत्यारोपण आकस्मिक उपचारको सुविधा भएको स्वास्थ्य निकायमा गर्न मात्र उपयुक्त हुन्छ ।

डा. कर्णका अनुसार, प्रत्यारोपण गर्न रुचाउने व्यक्तिको स्वयंको अलिकति पनि कपाल नभए, टाउकाको पछाडिको भागमा कपाल नभएवा शरीरमा अन्त कतैबाट कपाल निकाल्न सकिने ठाउँ नभए तालुमा कपाल रोप्न सकिँदैन । मधुमेह, उच्च रक्तचाप, रक्तस्राव हुने रोगहरू, मानसिक रोग, छारे रोगलगायतका बिरामीमा कपाल प्रत्यारोपण गरिँदैन । कुनै रोगका कारण कपाल झरेको भए पनि प्रत्यारोपण गराउनु हुँदैन ।

कपाल प्रत्यारोपण गर्नुअघि कुनै रोगको मुख्य शल्यक्रिया गर्नुअघि गरिने सबैजसो परीक्षण कपाल प्रत्यारोपणभन्दा अघि पनि गर्नैपर्ने हुन्छ । ‘छातीको एक्स–रे, मुटुको इसीजी, कुनै औषधि वा स्थानीय रूपमा लठयाउने औषधिको रियाक्सन हुन्छ वा हुँदैन भने जस्तापरीक्षणसमेत गरिन्छ,’ डा. कर्ण भन्छन् ।

यसपछि रोगी उपयुक्त देखिए प्रत्यारोपणको प्रक्रिया सुरु गरिन्छ ।

हाम्रो मुलुकमा हाल कपाल प्रत्यारोपण फलिक्युलर युनिट ट्रान्सप्लान्टेसन (एफयुटी) र फलिकुलर युनिट एक्सट्रयाक्सन (एफयूई) गरी दुई विधिले गरिन्छ । एफयूटी पुरानो विधि हो । यसमा टाँकासमेत लगाउनुपर्छ । एफयूटी विधिबाट कपाल प्रत्यारोपण गराउँदा टाउको दाग देखिने, प्रत्यारोपणपछि एक दुई सातासम्म दुख्ने, रगत धेरै बग्न सक्ने कर्ण औँल्याउँछन् ।

एफयूई नयाँ विधि हो र यसमा टाउकामा टाँका लगाउनुपर्दैन । यसमा सिधा दाग देखिँदैन, दुखाइ पनि प्रत्यारोपणको एक–दुई दिनसम्म मात्र हुन्छ । यो विधिअन्तर्गत रगत बग्दैन । ‘एफयूई प्रविधिबाट प्रत्यारोपण गराएकाहरू अर्को दिनदेखि काममा फर्किन सक्छन्,’ डा. कर्ण भन्छन् ।
अचेल कपाल मात्र नभएर आँखीभुइँ, जुँगासमेत प्रत्यारोपण गर्न थालिएको छ । यस्तै डढेको, पोलेको दागमा समेत कपाल प्रत्यारोपण गरिन्छ ।

तालु वंशाणुगत कारण मात्र खुइलिन्छ । अनि यस्तो टाउकाको अगाडि र बीचको भागमा मात्र हुन्छ । टाउकोको पछाडिको अर्थात् गर्धनको कपाल झर्दैन । यो ठाउँको कपाल निकालेर प्रत्यारोपण गर्दा त्यो जीवनभरि झर्दैन ।

गर्धनको पछिल्लो भागको कपाल जरासहित निकालिन्छ । यसरी निकालिएको कपाल एउटा–एउटा गरेर तालुमा लगाइन्छ । वा भनौँ, धान रोपेजस्तै रोपिन्छ । प्रत्यारोपणपछि कोष सक्रिय भएर रोपिएको ठाउँमा कपाल उम्रन थाल्छ ।

कपाल प्रत्यारोपणमा समेत अन्य शल्यक्रियाजस्तै जोखिम भए पनि यसमा भएको कार्य विधिलाई अनुकरण गर्दा त्यो अति कम हुने कर्ण बताउँछन् । यो शल्यक्रियामा पाँचदेखि सात घण्टासम्म लाग्छ । तर, कपाल निकालेको ६ घण्टाभित्रै रोप्नुपर्छ ।

कपाल निकाल्नुअघि नै कति कपाल निकाल्ने, कति रोप्ने भन्नेबारे गणना गरेपछि अप्ठयारो नहुने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘तालुपना कति क्षेत्रमा छ, त्यसअनुसारको गणना गरेर रोप्ने प्रक्रिया सुरु गर्नुपर्छ ।’

कपाल रोपेको २४ घण्टासम्म ४५ डिग्रीको कोण बनाएर सुत्नुपर्छ । यसो नगर्दा प्रत्यारोपित कपाल निस्किने जोखिम हुन्छ । रोपिएको कपाललाई टाउकोमा फिक्स हुन धेरैजसो २४ घण्टा लाग्ने गर्छ । प्रत्यारोपणपछि एक सातासम्म गाह्रो काम गर्न हुन्न ।

‘प्रत्यारोपणपछि अनुहार र आँखा हल्का सुन्निने सम्भावना हुन्छ, तर यो एक–दुई दिनमा आफैं हराएर जान्छ,’ डा. कर्ण भन्छन् ।

कपाल रोपेको साता–दस दिनपछि १० देखि २० प्रतिशतसम्म कपाल आफैं झर्छ । यो कपाल पछि आउँछ । प्रत्यारोपण गरिएको तीनमहिनासम्ममा कपालको जरो बसिसकेको हुन्छ । ६ महिनादेखि ९ महिना वा कसैकसैको एक वर्षसम्ममा कपाल पूरै आउँछ ।

प्रत्यारोपण गरिएको कपाल जीवनभर रहन्छ । यो तपाईंको सामान्य कपालजस्तै बढ्छ पनि । यो कपाललाई सामान्य कपालजस्तै धुन, तेल लगाउन मात्र नभई मुडुलो पार्दा समेत पुन: कपाल पलाउँछ ।

Published in Ekantipur on : Jestha 6, 2074

Article By Atul Mishra

1 2

Search

+