के तपाईं कपाल झर्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? बिज्ञहरुका अनुसार यसको पनि आफ्नै कारण छ । तीव्र सहरीकरण, तनाव, प्रदुषण, नकारात्मक जीवनशैली, खानपानमा विषादी, उचित पोषणको अभाव, रसायनको अत्यधिक उपयोगका कारणले नेपालीहरु क्रमश ‘तालु खुइले’ स्थितिमा पुगिरहेका छन् । धुलिखेल अस्पताल, छाला रोग विभागद्वारा विदेशी विशेषज्ञको सहभागितामा आयोजित कपाल पुर्नरस्थापन सम्बन्धी कार्यशालामा विशेषज्ञहरुले उक्त कुरा औंल्याएका हुन् । उसो […]