• FAQ
  • Request an Appointment
Emergency Number: 01-4586200
HealthFlex
×
  • Home
  • About Cutis Care
  • Our Services
  • Clinical Training
    • Curriculum of Advanced Dermatosurgery
    • Curriculum of Lasers
    • Curriculum of Medical Peels
  • Blog
  • Contact

उमेर नपुग्दै कपाल फुल्यो ? : गम्भीर शारीरिक समस्या पनि हुन सक्छ !

उमेर नपुग्दै कपाल फुल्यो ? : गम्भीर शारीरिक समस्या पनि हुन सक्छ !
January 27, 2020adminCutis-care

सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ । तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ । 

उमेर पुगेपछि कपाल फुल्नु स्वभाविक भएपनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ । सेतो कपालबारे सेतो दुवी वा सेतो छाला जस्तै बिभिन्न किसिमको सोचाई (अन्धविश्वास)हरु छन हाम्रो समाजमा । कपाल फुल्नु, दुवी आउनु सामान्य समस्या हुन् । तर समाजले हेर्ने दृष्टिकोणका कारण यो सामान्य समस्या नै पनि जटिल सामाजिक समस्या बनिदिने गरेको छ ।

एशियाका देशहरुमा मुख्य रुपमा दुई थरी रंगका कपाल देख्न पाइन्छः एक कालो र अर्को सेतो । नेपाली समाजमा सेतो कपालले बुढेसकालको संकेत गरेको बुझिन्छ भने कालो कपालले जवान । तर यो सत्य नभएको धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ प्रा.डा. धर्मेन्द्र कर्ण बताउँछन् ।

सानै उमेरमा कपाल फुल्न थालेको छ भने त्यसको पछाडि विभिन्न कारणहरु हुन सक्ने डा. कर्ण बताउँछन् । वास्तवमा सानै उमेरमा कपाल किन फुल्छ ? यसका कारण र समाधान कसरी गर्न सकिन्छ भन्नेबारे डा. कर्णसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छः 

कपाल फुल्नु वा सेतो हुनुको पछाडि विभिन्न कारणहरु हुनसक्छ । सामन्यतया उमेर जतिजति बढ्दै जान्छ त्यतिनै कपालको रंगमा ह्रास आउँदै जान्छ अथवा कपालको रंग खैरो वा सेतो हुँदै जान्छ । यो प्राकृतिक रुपमा हुने स्वभाविक प्रक्रिया हो ।

तरसानै उमेरमा कपालको रंग अस्वभाविक ढंगले परिवर्तन भएको छ वा हुन थालेको छ भने त्यसको पछाडि केही कारण वा समस्या छ भन्ने बुझ्नु पर्छ । तर समस्या छ भन्दैमा डराइहाल्नु भने पर्दैन ।समस्याको पहिचान गरी त्यसको उपचारमा लाग्ने हो भने त्यसलाई समाधान गर्न सकिन्छ ।

सामान्यतया १० देखि ३० प्रतिशत कपालको रंग प्रत्येक १० वर्षमा कम हुँदै (ह्रास आउँदै) जान्छ । कपालको रंगमा ह्रास आउँदै जादा सेतो हुने हो ।

हामी एशियालीहरुमा ३० वर्ष काटेपछि सेतो कपाल देखिन थाल्छ । यो प्रायजसो महिला पुरुष दुवैमा एउटै उमेरमा देखिन्छ । विभिन्न अनुसन्धानहरुले रुल अफ फिप्टी (५०) लाई बाहिर ल्याएको छ । यो रुल अफ ५० भनेको संसारमा ५० प्रतिशत जनसंख्यामा ५० वर्षको उमेरमा ५० प्रतिशत कपाल फुलिसकेको हुन्छ भन्ने हो । पुरुषमा सबैभन्दा पहिला देखिने सेतो कपाल कन्चटमा र टाउकोको दायाँ बायाँ हो भने, टाउकोको पछाडीपट्टि सबैभन्दा पछि सेतो हुन्छ । त्यस्तै महिलाहरुमा टाउकोको दायाबायाँ पहिला सेतो देखिन्छ ।

हाम्रो शरीरभित्र निरन्तर रुपमा विभिन्न किसिमको मेटाबोलिक अक्सिडेटिव प्रक्रियाहरु चलिरहेको हुन्छ यसले विभिन्न तत्वहरु उत्पादन गर्ने गर्छ । जसले हाम्रो शरीरको मेलानोसाइटिस सेल्सलाई नष्ट गर्ने काम गर्छ । मेलानोसाइटिसको काम भनेको कपाललाई रंग दिनु हो । यसले हाम्रो कपाललाई कालो बनाउँन मद्दत गरेको हुन्छ । यो मेलानोसाइटिसको उत्पादन उमेर बढेसँगै घट्दै जान्छ । त्यही कारण उमेर बढेसँगै कपालको रंग सेतो हुँदै जान्छ । जब कुनै कारणवश सानै उमेरमा मेलानिनको उत्पादनमा अवरोध आयो भने कपाल उमेर नपुग्दै सेतो भइदिन्छ ।

कालो कपाल 

कालो कपालको आफ्नै फाइदाहरु छन् । कालो कपालले मानिसको व्यक्तित्वमा एउटा प्रभाव पारिरहेको हुन्छ भने मानिसको आत्मविश्वासमा पनि यसले काम गरिरहेको हुन्छ ।

कालो कपालले हाम्रो छालालाई घामबाट जोगाउन मद्दत पनि गरिरहेको हुन्छ । त्यस्तै यसले विभिन्न संक्रमणबाट पनि बचाउन सहयोग गर्छ । कपालले शरीरका केही अंगहरुलाई ढाकेर त्यस क्षेत्रलाई सुरक्षा प्रदान गरिरहेको हुन्छ ।
कालो र सेतो कपालमा के फरक छ ?

सेतो कपालको वृद्धि र विकास निकै छिटो हुन्छ । यसको विकास कालोको तुलनामा चार गुणा छिटो हुन्छ ।

कालो कपाल रंगाउन पर्यो भने सामान्य रंगले रंगाउन सकिन्छ भने सेतो कपाल रंगाउन कडाखालको रंगहरुको प्रयोग गर्नुपर्छ । वास्तवमा यस्ता रंगहरु रासायनिक पदार्थले बनेको हुनाले त्यो कपाल र छालाको लागि हानिकारक हुन्छ । त्यसले दीर्घकालीन असर पनि गरिरहेको हुन्छ ।

सेतो कपाल देखिने उमेर र कारण

सामान्यतया ३० वर्षपछि कपाल सेतो देखिन थाल्यो भने यो समान्य मान्नुपर्छ तर ३० वर्ष पहिले नै सेतो कपाल देखियो भने त्यसलाई अस्वभाविक अवस्था मान्नुपर्छ  । यसलाई ‘प्रि मेच्युअर ग्रे अफ हेयर’ भनिन्छ । सेतो कपाल हुनुको पछाडि धेरै कारणहरु हुन्छन् ।

मुख्यतया सानै उमेरमा कपाल फुल्यो भने त्यसको पछाडि वंशानुगत कारण हुन सक्छ । यसवाहेक पनि अरु धेरै कारणहरु छन् ।

पोषणको कमीले पनि कपाल फुल्ने समस्या हुन्छ । त्यसैगरी, भिटामिनहरु जस्तोः भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुँदा कपाल फुल्न सक्छ  । यसबाहेक निम्न कारणले पनि उमेर नपुग्दै कपाल फुल्न सक्छः
–दीर्घरोग र औषधीको सेवन
–रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तन हुनु
–एजिङ अर्थात बढ्दो उमेर
–पेटको गडबडी
–मदिरा, धुमपान, जंक फूड आदिको सेवन
–जथाभावी रासायनिक पदार्थको प्रयोग
–प्रदूषण
–मानसिक तनाव अर्थात डिप्रेसन
यी कारणहरु मध्ये कुनै पनि कारणबाट कपाल सेतो हुन सक्छ ।

यस्ता व्यक्तिमा कपाल छिटो फुल्छ

जसको आमा बुबाको कपाल चाँडै फुलेको छ भने उनीहरुबाट जन्मेका सन्तानमा कपाल फुल्ने समस्या हुन्छ । मध्यपान तथा धुम्रपानको अधिक सेवन गर्नेहरुमा पनि चाँडै कपाल फुल्ने समस्या आउछ । त्यसैगरी, कुनैपनि किसिमको दिर्घरोगहरु जस्तोः मुटु, फोक्सो, किड्नी, पेटको समस्या आदि हुनेहरुमा छिटो कपाल फुल्न सक्छ । त्यस्तै कपाल फुल्ने अर्को कारण हो मोटोपना । अस्वभाविक रुपमा मोटोपन भएमा पनि कपाल फुल्ने समस्या देखापर्न सक्छ ।

२५ वर्षभन्दा पहिला नै कपाल फुलेको छ भने माथिका यी विविध कारणहरु हुन सक्छ । त्यस्तो अवस्थामा वेलैमा रोगको पहिचान तिर लाग्नु उचित हुन्छ । कपाल सेतो भयो भन्दै विभिन्न केमिकलयुक्त कपाल रंग्याउने प्रशाधनहरुको प्रयोग गर्नु भन्दा समस्याको पहिचान गरी उपचार गर्नेतर्फ लाग्नु बुद्धिमानी हुन्छ ।

उपचार 

सेतो कपालको उपचार हुँदैन तर कपाल सेतो हुनुको पछाडिको कारण पत्ता लगाएर त्यसको उपचार गर्ने हो भने यो समस्या धेरै हदसम्म हटेर जान्छ ।

कपाललाई कालो बनाउन विभिन्न केमिकलयुक्त हेयर कलरको प्रयोग गर्नु भनेको थप समस्या निम्त्याउनु हो । यसले क्षणिक रुपमा समस्याको समाधान गरेको त देखिन्छ तर त्यसले दीर्घकालीन असर गरिहेको हुन्छ । बरु पोषणयुक्त आहार र घरेलु उपाय अवलम्बन गर्दा समस्यामा कमी ल्याउन सहयोग पुग्छ ।

त्यसैगरी, शरीरमा भिटामिनहरु भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुन नदिने, समय समयमा शरीरको जाँच गराउने गर्दा समस्या पहिचान गर्न सकिन्छ । सन्तुलित आहार तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुराहरुको सेवन गर्ने, गुणस्तरयुक्त सावुन तथा स्याम्पुको प्रयोग गर्ने, केमिकलयुक्त हेयर कलर तथा अन्य प्रसाधनको प्रयोग बन्द गर्ने हो र कपाल फुल्नुको मूल कारण पत्ता लगाएर त्यसको उपचारतिर लाग्ने हो भने कपाल फुल्ने समस्या हट्दै जानेछ ।

 

Article By: Tuna Bhatta

Published on: Ratopati on 26th Jan, 2020

Recent Posts

  • ‘डिस्‍इन्फेक्सन स्प्रे’ ले कोरोनाबाट जोगाउँदैन, छाला र श्वासप्रश्‍वासको संक्रमण गराउँछ : चिकित्सक
  • रङबाट छालालाई जोगाउन के गर्नुपर्छ ? डाक्टर यसो भन्छन्
  • होली स्वास्थ्यको पनि ख्याल राखौं
  • छालामा होलीको रङहरुले कसरी प्रभाव पार्छ
  • हानिकारक रङबाट छाला बचाउने सौन्दर्य विशेषज्ञ डा‍. कर्णको सुझाव

Calendar

June 2023
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« May    

01-4586200, 01-4580300, 9741836672

[email protected]

Mid-Baneshwor, Kathmandu, Nepal

Quick Links

  • Home
  • About Cutis Care
  • Our Services
  • Clinical Training
    • Curriculum of Advanced Dermatosurgery
    • Curriculum of Lasers
    • Curriculum of Medical Peels
  • Blog
  • Contact
Copyright ©2020 all rights reserved
Designed by Goldenmud Creation